जियोनिको ईन शप प्रमोटर भेला

Technology Khabar ३ आश्विन २०७३, सोमबार

जियोनिको ईन शप प्रमोटर भेला

काठमाडौं ।

काठमाण्डौं, ३ असोज । जियोनि नेपालले काठमाडौं र नारायणघाटमा आफ्नो आईएसपीको (ईन शप प्रमोटर) लागि भेटघाट कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमको मुख्य उद्देश्य आईएसपीहरुलाई आउँदै गरेको चाडपर्वको बेलाको सेल्सको लागि थप उत्साह र हौसला प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

काठमाडौंमा मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठ र मिस नेपाल अर्थ रोशनी खत्रीले उत्कृष्ट सेल्सम्यान र उत्कृष्ट आई एस पी लिडरलाई उपाधि पुरस्कार प्रदान गरिन् । नारायणघाटमा मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखीले उपाधि पुरस्कारहरु प्रदान गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ३ आश्विन २०७३, सोमबार

ताजा समाचार