जियोनिको लक्जरियस फोन आउँदै, कर्ब्ड डिस्प्लेसहित ड्यूल क्यामरा, ६ जीबी र्याम

Technology Khabar ७ मंसिर २०७३, मंगलवार

जियोनिको लक्जरियस फोन आउँदै, कर्ब्ड डिस्प्लेसहित ड्यूल क्यामरा, ६ जीबी र्याम

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । जियोनिले नयाँ प्रिमियम सेगमेन्टकाे फोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले कर्ब्ड स्क्रीनसहितको ड्यूल क्यामरा भएको नयाँ स्मार्टफोन ल्याउन लागेको छ ।

जियोनिको नयाँ स्मार्टफोनको जानकारीहरु बाहिर आएका छन् । यसको तस्विरहरु अनलाइनमा देखिएका छन् । जसको डिजाइन आश्चार्यजनक नयाँ छ । यो तस्विर हेर्दा कम्पनीले लक्जरियस फोन बजारमा ल्याउने तयारी गरेको आभाष हुन्छ । यो फोन भर्टू (Vrtu) वा ८८४८ (8848) लग्जरियस फोन जस्तो देखिन्छ ।gionee-curved-screen

यो फोनको डिस्प्लेको साइज कति हो भन्ने थाहा हुन नसकेपनि यो ५.५ इन्च भन्दा ठूलो साइजको देखिन्छ । डिस्प्लेको माथिल्लो भाग र तल्लो भागमा ठूलो ब्याण्ड रहेको छ । त्यसैगरी यसको घेरा पनि घुमाउदार रहेको छ भने यसमा करिब ४ लाइन बनाईएको छ । माथिल्लो भागमा फ्रन्ट फेसिंग क्यामरा दायाँ भागमा छ भने बायाँ भागमा सेन्सर राखिएको छ ।  त्यस्तै तल्लो बेजेलमा फिंगरप्रिन्ट स्क्यानरसहितको होम बट्न रहेको छ ।

यो स्मार्टफोनको पछाडिको भागमा लेदर र मेटलको समिश्रण रहेको छ । यसमा ड्यूल क्यामरा सेटअप छ भने एलईडी फ्ल्याश राखिएको छ । क्यामराको तलको भागमा जियोनिको स्माइली लोगो राखिएको छ भने तल्लो भागमा जियोनि लेखिएको छ ।gionee-curved-scrreen-2

यो स्मार्टफोनको स्पेशिफिकेसनको बारेमा केहि जानकारी नभएपनि यसको फोटो हेर्दा यसमा ६ जीबीको र्याम राखिएको स्पष्ट छ ।

यो फोन कहिले आउँछ र कुन मूल्यमा आउँछ भन्ने जानकारी नभएपनि जियोनिले यसलाई लक्जरियस फोनको रुपमा सार्वजनिक गर्ने संभावना रहेको छ ।

माध्यम

easy care

प्रकाशित: ७ मंसिर २०७३, मंगलवार