जिओनीको एम सिक्स एस प्लस विश्व बजारमा आउँदै, ६ जीबी र्याम र हेलियो पी१० चीप

Technology Khabar ४ बैशाख २०७४, सोमबार

जिओनीको एम सिक्स एस प्लस विश्व बजारमा आउँदै, ६ जीबी र्याम र हेलियो पी१० चीप

काठमाडौं ।

काठमाडौं, ४ वैशाख । नेपाली बजारमा जिओनीले ए वान स्मार्टफोन सार्वजनिक गरिरहेको बेला फेरी जिओनीको नयाँ स्मार्टफोनको चर्चा चलेको छ । नेपाल र भारतमा पहिलो पटक सार्वजनिक भएको जिओनी ए वान तथा ए वान प्लस स्मार्टफोन ग्राहकहरुले निकै सोधखोज गरेको कम्पनीले बताईरहेको बेला चीनमा भने नयाँ मोडलको बारेमा जानकारी लीक भएको छ ।

सोमबारदेखि बजारमा उपलब्ध भएको जिओनी ए वान स्मार्टफोन यसअघिको एम सिरिज तथा एस सिरिजको कम्बिनेसनमा आकर्षक र शक्तिशाली फोनको रुपमा बजारमा आएको छ । उता सोमबार नै कम्पनीको नयाँ स्मार्टफोनको जानकारी लीक भएको छ ।

स्मार्टफोन निर्माता कम्पनी जिओनीले एम सिक्स (M6) तथा एम सिक्स प्लस (M6 Plus) गत वर्षको मध्यमा विश्व बजारमा सार्वजनिक गरेको थियो, जून मिड बजेट स्मार्टफोनको रुपमा आएका थिए ।

यसमा भएको सेक्यूरिटी इन्क्रीप्सनले गर्दा यो फोन निकै चर्चाको शिखरमा रहेको थियो । अब भने कम्पनीले फेरी एम सिक्स रेन्जको सक्सेसरको रुपमा नयाँ स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले जिओनी एम सिक्स एस प्लस (Gionee M6S Plus) स्मार्टफोन ल्याउने अनुमान गरिएको छ ।

हालै चीनमा जिओनी एम सिक्स एस प्लसको प्रेस इन्भिटेसनको फोटो लीक भएको छ, जसमा अप्रिल २४ मा बेजिंगमा यो सार्वजनिक हुने उल्लेख छ ।

यसको बारेमा थप जानकारी नभएपनि यसमा पनि सोहि किसिमको सेक्यूरिटी इन्क्रिप्सन राखिने संभावना रहेको छ ।

त्यसैगरि नयाँ स्मार्टफोन एम सिक्स रेन्जको अपग्रेडको रुपमा आउने बताईएको छ । जसमा हेलियो पी १० चीपसेट (Helio P10) प्रयोग हुनसक्नेछ । त्यसैगरि एम सिक्स एस प्लसमा यसअघिको एम सिक्स प्लसमा भएको ४ जीबीको साटो ६ जीबीको र्याम हुनसक्नेछ । तर ब्याट्री क्षमताको लागि परिचित एम सिरिजको नयाँ फोनमा ६,०२० एमएएचको नै ब्याट्री प्याक हुनसक्ने रिपोर्टमा उल्लेख छ ।

यसको बारेमा थप जानकारी भने अप्रिल २४ मा हुने आधिकारिक लन्च पछि नै स्पष्ट हुनेछ ।

माध्यम

easy care

प्रकाशित: ४ बैशाख २०७४, सोमबार