चिनियाँ मालिकले अमेरिकालाई भन्यो- ‘टिकटक बेचिन्न’

Technology Khabar १४ बैशाख २०८१, शुक्रबार

चिनियाँ मालिकले अमेरिकालाई भन्यो- ‘टिकटक बेचिन्न’

काठमाडौं ।

टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकाले भिडियो एप बेच्न बाध्य पार्ने वा अमेरिकामा प्रतिबन्ध लगाउने कानून पारित गरेपछि व्यवसाय बेच्ने कुनै मनसाय नभएको बताएको छ।

‘बाइटडान्ससँग टिकटक बेच्ने कुनै योजना छैन,’ कम्पनीले आफ्नो स्वामित्वमा रहेको सामाजिक मिडिया प्लेटफर्म टाउटियाओमा आफ्नो आधिकारिक अकाउन्टमा आफ्नो भनाई पोस्ट गरेको बीबीसीले लेखेको छ।

यस हप्ताको सुरुमा छोटो भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले अमेरिकाले पारित गरेको असंवैधानिक कानूनलाई अदालतमा चुनौती दिने बताएको थियो।

टिकटकले आफ्नो एल्गोरिदम बिना सम्भावित बिक्रीको लागि खोजी गरिरहेको रिपोर्टको खण्डनको रुपमा बाइटडान्सबाट उक्त विज्ञप्ति आएको हो।

‘बाइटडान्सले टिकटक बेचेको विदेशी मिडिया रिपोर्टहरू सत्य होइनन्,’ कम्पनीले पोष्टमा भन्यो, ‘जसमा लेखको स्क्रिन शट समावेश गरिएको थियो जसमा चिनियाँ अक्षरहरूमा ‘झूटो अफवाह’ लेखिएको थियो।

बेच्ने वा प्रतिबन्धको सामना गर्नुपर्ने कानूनमा गत साता बुधबार अमेरिकी राष्ट्रपछि जो बाइडेनले हस्ताक्षर गरेका छन्।

तर हालैका वर्षहरूमा निजी कम्पनीहरूमा बेइजिङको पकडले अमेरिकालाई चिन्तित बनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको बाइटडान्समा कत्तिको नियन्त्रण छ, र चीनसँग कति डाटा छ भन्ने अमेरिकाको प्रमुख चिन्ताको रुपमा रहेको छ।

यो अब लस एन्जलस र सिंगापुरमा आधारित एक सीमित दायित्व कम्पनीद्वारा संचालित छ। तर मूलरूपमा यसको स्वामित्व बाइटडान्ससँग छ।

यस्तोमा संस्थापकसँग बाइटडान्सको २० प्रतिशत मात्र स्वामित्व छ। यो कम्पनीमा नियन्त्रण गर्ने हिस्सेदारी हो। लगभग ६० प्रतिशत संस्थागत लगानीकर्ताहरूको स्वामित्वमा छ, जसमा प्रमुख अमेरिकी लगानी फर्महरू जनरल एट्लान्टिक, सुस्केहन्ना र सेक्विया क्यापिटलहरू छन्।

बाँकी २० प्रतिशत विश्वभरका कर्मचारीहरूको स्वामित्वमा छ। यसको पाँच बोर्ड सदस्य मध्ये तीन अमेरिकी छन्।

easy care

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार

ताजा समाचार