यस्तो छ जिओनीको एस१० प्लस स्मार्टफोन, रियर र सेल्फी दुबैमा ड्यूल क्यामरा

Technology Khabar २५ बैशाख २०७४, सोमबार

यस्तो छ जिओनीको एस१० प्लस स्मार्टफोन, रियर र सेल्फी दुबैमा ड्यूल क्यामरा

काठमाडौं ।

काठमाडौं, २५ बैशाख । जिओनीले गत वर्ष सार्वजनिक गरेको स्मार्टफोन जिओनी एस ९ (Gionee S9) को सक्सेसर ल्याउने तयारी गरिरहेको छ । कम्पनीले एस ९ को सक्सेसरको रुपमा एस १० (Gionee S10) स्मार्टफोन तयारी गरिरहेको रिपोर्ट आएको छ ।

करिब ६ महिना अघि सार्वजनिक भएको जिओनी एस ९ को अपग्रेड भर्सन जिओनी एस १० को रुपमा ल्याउन लागेको हो । यसको दुईवटा मोडल बजारमा आउने संभावना रहेको छ । कम्पनीको एउटा स्मार्टफोनमा ५.२ इन्चको स्क्रीनसहित सिंगल रियर क्यामरा तथा अर्को ५.५ इन्चको स्क्रीनसहित ड्यूल रियर क्यामरासहितको देखिएको छ ।

यसमध्येको एउटा स्मार्टफोन जिओनी एस १० प्लसको (Gionee S10 Plus) रुपमा आउन सक्नेछ । यी दुबै स्मार्टफोन हालै चीनियाँ रेगुलेटर टेनामा (TENAA) देखिएका छन् ।

जिओनी एस १० प्लस स्मार्टफोनमा ५.५ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ भने यसमा ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसमा २.५ गीगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ भने यसमा ३४५० एमएएचको ब्याट्री राखिएको छ ।

जिओनी एस १० प्लसमा १६ मेगापिक्सेल तथा ८ मेगापिक्सेलको ड्यूल रियर क्यामरा छ भने सेल्फीका लागि २० मेगापिक्सेल तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

जिओनी एस १० प्लस स्मार्टफोन एन्ड्रोयड ७.० नूगटमा आधारित रहने बताईएको छ । यसको फिंगरप्रिन्ट स्क्यानर होम बटनमा रहेको छ भने गोल्ड तथा ब्ल्याक कलरमा आउनेछ ।

जिओनीले यो स्मार्टफोन कहिले सार्वजनिक गर्छ भन्ने कुनै जानकारी नभएपनि कम्पनीले छिटै जिओनी एस १० सिरिजका फोनहरु सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

माध्यम

easy care

प्रकाशित: २५ बैशाख २०७४, सोमबार