Technology Khabar १३ चैत्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, १३ चैत । जिओनीको नयाँ ए सिरिजमा हालै मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरिएको जिओनी ए वान (Gionee A1) र ए वान प्लस (A1 Plus) स्मार्टफोन नेपाल र भारतमा एकै पटक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले नेपालमा यसको प्रि-बुकिंग शुरु गरिसकेको छ भने भारतीय बजारमा मार्च ३१ तारिखदेखि मात्र प्रि-बुकिंग गर्ने भएको छ ।
कम्पनीले नेपालमा भन्दा पहिले भारतमा एक कार्यक्रमका बिच सार्वजनिक गरेको भएपनि यो स्मार्टफोन अप्रिलमा मात्र उपलब्ध गराउने भएको छ ।
भारतीय बजारमा हालै यो स्मार्टफोनको मूल्य कम्पनीले औपचारिकरुपमा घोषणा गरेको छ । भारतमा जिओनी ए वान स्मार्टफोनको मूल्य १९ हजार ९९९ भारतीय रुपैयाँ तोकिएको छ ।
यो स्मार्टफोन कम्पनीले अमेजन इण्डियामा सेलमा राख्ने भएको छ भने अनलाइन तथा अफलाइनमा पनि प्रि बुकिंग गर्न सकिनेछ । कम्पनीकाअनुसार भारतमा यसको प्रि-बुकिंगमा ग्राहकहरुले २ सालको वारेन्टी प्राप्त गर्ने बताइएको छ ।
यो स्मार्टफोनमा शक्तिशाली ब्याट्री र सेल्फी फोटोका लागि उच्चस्तरको क्यामरा राखिएको छ ।
नेपाली बजारमा भने हाल सस्तो डिलमा अनलाइन प्रि-बुकिंग भईरहेको छ भने अफलाइनमा पनि प्रि-बुकिंगमा राम्रो प्रतिकृया आएको कम्पनीले जानकारी दिएको छ । नेपालमा यो स्मार्टफोन संभवत ४ अप्रिलमा प्रि बुकिंग गर्ने ग्राहकहरुले प्राप्त गर्ने सस्तोडिल डटकममा उल्लेख छ ।
नेपालमा प्रि बुकिंग गर्नेहरुले जेबिएलको ब्लूटूथ स्पीकर प्राप्त गर्नेछन् ।
नेपाली बजारमा यसको मूल्य ३२,९९९/- रुपैयाँ तोकिएको छ ।
यो पनि हेर्नुहोस्-
नयाँ स्मार्टफोन किन्नेभए जिओनीको ए वान आउँदै, ५ हजार रुपैंयामै प्रिबुक गर्न सकिने
प्रकाशित: १३ चैत्र २०७३, आईतवार