जियोनी ‘एस ६ प्रो’ नेपालमा भित्रियो, रु.३४,९९९/- मा किन्न सकिने

Technology Khabar १५ आश्विन २०७३, शनिबार

जियोनी ‘एस ६ प्रो’ नेपालमा भित्रियो, रु.३४,९९९/- मा किन्न सकिने

काठमाडौं ।

काठमाडौं, १४ असोज । जियोनीको नयाँ स्मार्टफोन एस६ प्रो (Gionee S6 Pro) नेपाली बजारमा भित्रिएको छ । भारतमा शुक्रबार मात्रै सार्वजनिक भएको यो फोन नेपाली बजारमा पनि शुक्रबारदेखि नै पठाईसकेको कम्पनीसम्बद्ध स्रोतले जानकारी दिएको छ । कम्पनीले यो फोन नेपालमा औपचारिकरुपमा घोषणा भने गरेको छैन् ।

भारतीय बजारमा उत्सवहरुको अवसरलाई ध्यानमा राखेर सार्वजनिक गरिएको यो फोन दशैंको अवसरलाई ताकेर नेपाली बजारमा आएको हो । । यो फोन स्थानिय बजारमा रु. ३४,९९९/- मा खरिद गर्न सकिने कम्पनीसम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘यो फोन न्यूरोडलगायतका मुख्य बजारका पसलहरुमा उपलब्ध भईसकेको छ,’ स्रोतले भन्यो । भारतीय बजारमा भने यसको मूल्य भारु. २३,९९९/- तोकिएको छ जसमा भिआर हेडसेट (VR Headset) पनि साथै दिईने बताईएको छ ।

तर नेपाली बजारमा भने जियोनीको भिआर हेडसेट आएको छैन र यो स्मार्टफोनको नेपाली मूल्य भिआर हेडसेट बाहेक हो ।

यो स्मार्टफोनमा ५.५ इन्चको २.५ डी कभ्र्ड फूलएचडी (2.5D Curved FHD) डिस्प्ले राखिएको छ, जसलाई कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाएको छ । फोनमा ४ जीबीको र्याम ताथ ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।gionee-s6-pro

जियोनी एस सिक्स प्रोमा १.८ गीगाहर्जको अक्टा-कोर मिडियाटेक हेलियो पी१० प्रोसेसर राखिएको छ  । यसमा  फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेकोछ । यसको अगाडि होम बटनमा फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।

एन्ड्रोयड मार्शमाल्लोमा आधारित यो फोनमा ३,१३० एमएएचको ब्याट्री प्याक रहेको छ ।

जियोनीको यो स्मार्टफोनका साथमा कम्पनीले भारतीय बजारमा भच्र्यूअल रियालिटी हेडसेट पनि सार्वजनिक गरेको थियो । यो भिआर हेडसेट जियोनी एस सिक्स प्रोका साथमा प्रयोग गर्न सकिनेछ, जसको मूल्य भारु २,४९९/- तोकिएको छ । तर नेपाली बजारमा यो भिआर हेडसेट आएको छैन् ।

बजारमा यो फोन गोल्ड तथा रोज गोल्ड कलरमा उपलब्ध हुने बताईएको छ ।

easy care

प्रकाशित: १५ आश्विन २०७३, शनिबार

ताजा समाचार