जियोनीको नयाँ स्मार्टफोन एस सिक्स एस, सेल्फि प्रेमीका लागि उपयुक्त

Technology Khabar ७ भाद्र २०७३, मंगलवार

जियोनीको नयाँ स्मार्टफोन एस सिक्स एस, सेल्फि प्रेमीका लागि उपयुक्त

काठमाडौं ।

काठमाडौं, ७ भदौ । जियोनीले आफ्नो सेल्फी फोकस्ड स्मार्टफोन एस सिक्स एस (Gionee S6s) भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भारतमा अम्याजन इण्डियामार्फत बिक्री गर्नेछ ।

सेल्फी प्रेमीहरुलाई ध्यानमा राखेर बनाईएको यो स्मार्टफोनमा फ्रन्ट क्यामराका साथमा फ्ल्याश पनि राखिएको छ ।

जियोनीको एस सिक्स एस स्मार्टफोनमा ५.५ इन्चको २.५ डी कर्ब्ड (2.5D Curved) स्क्रीन राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १०८० x १९२० पिक्सेल रहेको छ । यसमा १.३ गीगाहर्जको अक्टा कोर मिडियाटेक प्रोसेसर राखिएको छ भने ३ जीबीको र्याम रहेको छ । यसमा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।GIONEE S6s

फोटोका लागि यसमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ८ मेगापिक्सेल ५ पी लेन्ससहितको फ्रन्ट क्यामरा राखिएको छ ।

यो स्मार्टफोनमा ड्यूल सिम स्लट सपोर्ट गर्दछ भने मार्शमाल्लो ६.० भर्सनमा आधारित रहेको छ । यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि फोरजी भिओएलटिई, वाईफाई, ब्लूटूथ, माइक्रो यूएसबी लगायतका फिचर छन् । जियोनीको यो फोनमा ३,१५० एमएएचको ब्याट्री छ ।

भारतीय बजारमा कम्पनीले सोमबारदेखि सार्वजनिक गरेको यो स्मार्टफोनको मूल्य भारु १७,९९९/- तोकेको छ ।

Global Bank
easy care

प्रकाशित: ७ भाद्र २०७३, मंगलवार

ताजा समाचार