गुगलले नेपालमा एन्ड्रोयड वन ब्राण्डका स्मार्टफोन ल्याउँदै

Technology Khabar ७ पुष २०७१, सोमबार

गुगलले नेपालमा एन्ड्रोयड वन ब्राण्डका स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

काठमाडौं, ७ पुस । भारतमा सन् २०१४को सेप्टेम्बरमा सार्वजनिक गरेको गुगलको ‘एन्ड्रोयड वन’ ब्राण्ड अब नेपालमा पनि आउने भएको छ । गुगलले यो वर्ष भारतमा पहिलो पटक एन्ड्रोयड वन ब्राण्ड सार्वजनिक गरेको थियो । एन्ड्रोयड वन ब्राण्डको निर्माता गुगलले अब यो ब्राण्डलाई नेपालमा पनि विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

गुगलले दक्षिण एशियाली मुलुकहरु नेपाल, बंगलादेश र श्रीलंकामा पनि एन्ड्रोयड वन ब्राण्ड सार्वजनिक गर्न लागेको जनाएको छ ।

गुगलले माइक्रोम्याक्स, कार्वन र स्पाइससँग मिलेर एन्ड्रोयड वन ब्राण्ड भारतमा लन्च गरेको थियो । गुगलले दक्षिण एशियाका तीन देशहरुमा माइक्रोम्याक्सको क्यानभास ए१ (Canvas A1), कार्वनको स्पार्कल भी (Sprakel V) र स्पाइसको ड्रिम उनो(Dream UNO) स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।android_one_indian_brands

यसबाहेक कम्पनीले बंगलादेशका लागि स्थानीय कम्पनीसँग मिलेर एन्ड्रोयड वन ब्राण्ड सार्वजनिक गर्न लागेको हो । गुगलले बंगलादेशमा भने स्थानीय ब्राण्ड सिम्फोनीसँग मिलेर सिम्फोनी रोअर ए५० (Symphony Roar A50) नामक स्मार्टफोन पनि सार्वजनिक गर्ने भएको छ ।

गुगलले सन् २०१५ मा अझ धेरै बजारहरुमा थप डिभाइसका साथमा बजार बिस्तार गर्ने अनुमान गरिएको छ । नेपालमा यो स्मार्टफोन केहि साता भित्रै अाउने छ भने यसको अधिकतम बजार मूल्य १० हजार रुपैंयासम्मको हाराहारीमा हुने अनुमान गरिएको छ ।

गुगलले भारतसहितका यी देशहरुमा २ सय मिलियन भन्दा बढि जनसंख्या भएको र ती उपभोक्ताहरुसम्म पुग्नको लागि एन्ड्रोयड वन स्मार्टफोन लन्च गर्न लागिएको गुगलले जनाएको छ । यी तीन देशहरुमा उपलब्ध हुने डिभाइसहरुले ग्राहकहरुलाई सूपथ मूल्यमा उच्च गुणस्तरको मोबाइल अनुभव दिने गुगलको भनाई छ ।

यी फोनहरु हाइ स्पीड प्रोसेसिङ, दुई वटा सिम, एफएम रेडियो, एसडी मेमोरी कार्ड र पाँच मेगापिक्सेल क्यामेरासहित कयौफिचर्सयुक्त रहेका छन् । सबै एन्ड्रोयड फोनको हार्डवेयर र सफ्टवेयर स्पेसिफिकेशन्स गुगलले तय गरेको हो भने भारतीय कम्पनीहरुले सोहि आधारमा मोबाइल फोन बनाएका हुन् ।

भारतमा भने एन्ड्रोयड वन ब्राण्डका फोनहरु शुरुवातमा निकै राम्रो बिक्री भएपनि पछिल्ला दिनहरुमा भने बजार प्रतिकृया राम्रो नरहेको विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । एजेन्सीहरुको सहयोगमा

थप जानकारीका लागि यो पनि हेर्नुहोस्-

https://technologykhabar.com/three-phones-with-android-one-system-is-in-india/

easy care

प्रकाशित: ७ पुष २०७१, सोमबार

ताजा समाचार