भारतीय क्यारियर रिलायन्स र माइक्रोसफ्टबिच सम्झौता, क्लाउडमा आधारित सेवा भारतीय बजारमा दिने

Technology Khabar २८ श्रावण २०७६, मंगलवार

भारतीय क्यारियर रिलायन्स र माइक्रोसफ्टबिच सम्झौता, क्लाउडमा आधारित सेवा भारतीय बजारमा दिने

काठमाडौं ।

काठमाडौं । भारतीय क्यारियर रिलायन्स इन्डष्ट्रिज लिमिटेड र माइक्रोसफ्टबिच विभिन्न सेवाहरु भारतीय ग्राहकहरुलाई उपलब्ध गराउन सम्झौता भएको छ । कम्पनीहरुले संयुक्तरुपमा कनेक्टिभिटी, कम्प्यूटिंग, स्टोरेज र अन्य एप्लिकेसनहरु भारतीय बजारमा उपलब्ध गराउनेछन् ।

सम्झौताअनुसार जियोले भारतका विभिन्न स्थानहरुमा डाटा सेन्टरहरु स्थापना गर्नेछ जसमध्ये प्रारम्भिक चरणमा गुजरात र महाराष्ट्रमा दुई डाटा सेन्टर बनउने छ । प्रत्येक डाटा सेन्टरहरु सन् २०२० भित्रमा पूर्णरुपमा संचालनमा आउनेछन भने माइक्रोसफ्ट एजुरको फीचरहरु उपलब्ध हुनेछ।

यसका अतिरिक्त माइक्रोसफ्ट एजुर क्लाउड प्लेटफर्म जियोको कनेक्टिभिटी इन्फ्रास्ट्रक्चरमा लागू हुनेछ, जसले कम्पनीको क्लाउड फस्र्ट रणनीतिलाई सहयोग गर्नेछ । यसले क्लाउडमा आधारित प्रडक्टिभिटी विकास गर्न, सहकार्य गर्न र अफिस ३६५ जस्ता बिजेनस एप्लिकेसन प्रयोग गर्न सहयोग हुनेछ । क्लाउड प्लेटफर्म भारतका विभिन्न स्तरका कम्पनीहरुको आवश्यकतालाई पूरा गर्न उपयोग गरिनेछ ।

क्लाउडमा आधारित प्रकृतीका टूलहरु जियोको आन्तरिक कार्यमा पनि लागू हुनेछ भने नन नेटवर्क एप्लिकेसनहरुलाई माइक्रोसफ्ट एजुर क्लाउड प्लेटफर्ममा स्थानान्तरण गरिनेछ ।

१० वर्षे सम्झौताले क्लाउडमा आधारित डिजिटल सोलुसनहरु निर्माण गर्नका लागि जियोको डिजिटल इन्फ्रास्ट्रक्चर र माइक्रोसफ्टको एजुर क्लाउड प्लेटफर्ममा आधारित हुने रिलायन्सका म्यानेजिंग डाईरेक्टर मुकेस अम्बानीले बताए।

दुबै कम्पनीहरुले भारतीय ग्राहकहरुका लागि कम्प्यूटर भिजन सोलुसनमा पनि काम गर्नेछन् । यसको लागि माइक्रोसफ्टले भारतीय भाषाहरु र बोलिहरुका लागि सोलुसन विकास गर्न सपोर्ट गर्नेछ । जसमार्फत भारतीय समाजका सबै वर्गलाई प्रविधिमा समाहित गर्न सहज हुने बताईएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २८ श्रावण २०७६, मंगलवार