Technology Khabar २५ आश्विन २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । भारतीय कम्पनी माइक्रोम्याक्सले नयाँ बजेट स्मार्टफोन बोल्ट ४ (Bolt 4) सार्वजनिक गरेको छ ।
कम्पनीले नेपाली बजारमा ल्याएको सो फोनमा ५ इन्चको एफडब्लूभीजीए एचडी स्क्रीन रहेको छ भने फोनमा १ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा १ जीबी र्याम राखिएको छ ।
फोनमा २,००० एमएएचको ब्याट्री प्याक छ भने फोटोका लागि ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।
यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ८.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ ।
फोनमा ८ जीबीको स्टोरेज रहेकोछ, जसलाई माइक्रो एसडी कार्डको माध्यमबाट ३२ जीबीसम्म बढाउन सकिन्छ । यो फोनले फोरजी नेटवर्क सहित दुईवटा माइक्रो सिम सपोर्ट गर्छ ।
माइक्रोम्याक्सको ‘बोल्ट ४’ बजेट स्मार्टफोनको बजार मूल्य ८ हजार ८ सय रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार बोल्ट ४ स्मार्टफोन खरिदकर्ताहरुका लागि एउटा ब्याग उपहार दिने तथा ग्राहकहरुले प्रत्येक साता २५० एमबी एनसेल डाटा १२ सातासम्म निशुल्क प्राप्त गर्ने छन ।
प्रकाशित: २५ आश्विन २०७५, बिहीबार