माइक्रोम्याक्सको यू ब्राण्डमा स्मार्ट टिभी, स्मार्टफोनको कन्टेन्ट स्मार्ट टिभीमा हेर्न सकिने

Technology Khabar २५ आश्विन २०७५, बिहीबार

माइक्रोम्याक्सको यू ब्राण्डमा स्मार्ट टिभी, स्मार्टफोनको कन्टेन्ट स्मार्ट टिभीमा हेर्न सकिने
Global IME Bank

काठमाडौं ।

काठमाडौँ । माइक्रोम्याक्सको सब ब्राण्ड यूले भारतमा पहिलो पटक टेलिभिजन लन्च गरेको छ । कम्पनीले यूफोरिया स्मार्ट टिभी नाममा सार्वजनिक गरेको छ ।

यू ब्राण्डको नयाँ स्मार्ट टिभीमा ४० इन्चको फूल एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १९२०x१०८० पिक्सेल छ यसका साथै यो टिभीमा एपटोइड एप स्टोर राखिएको छ, जसमार्फत हजारौं एप सर्च गर्न सकिन्छ ।

यो स्मार्ट टिभीमा भएको वायरलेस स्मार्टफोन कन्ट्रोल अप्सनको माध्यमबाट उत्कृष्ट गेमिंग एक्सपेरियन्स लिन सकिन्छ । टिभीमा दिईएको एयरप्लेको मद्धतबाट एप्पल डिभाइसलाई कनेक्ट गर्न सकिन्छ । कनेक्टिभिटीको कुरा गर्दा यूपोरिया स्मार्ट एलईडी टिभीमा ३ वटा एचडिएमआई पोर्टस, ब्लू रे प्लेयर्स, गेमिंग कन्सोल, २ यूएसबी पोर्ट, यूएसबी ड्राइभ र ज्ञ भिजीए पोर्ट रहेको छ ।

एन्ड्रोयडमा आधारित यो स्मार्ट टिभीको मूल्य भारतमा भारु १८,४९९/- तोकेको छ । नयाँ टिभी किन्नेहरुका लागि पुरानो टिभीमा एक्सचेन्ज अफर पनि कम्पनीले दिएको छ।

यो टिभीमा क्वाडकोर प्रोसेसरका साथमा १ जीबी र्याम छ भने ८ जीबीको आन्तरिक स्टोरेज छ ।

Sajilo Visa

प्रकाशित: २५ आश्विन २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार