‘एन्ड्रोयड वन’ सिष्टमका साथ तीन फोन भारतीय बजारमा

Technology Khabar ३१ भाद्र २०७१, मंगलवार

‘एन्ड्रोयड वन’ सिष्टमका साथ तीन फोन भारतीय बजारमा

काठमाडौं ।

काठमाडौं, ३१ भदौ । निकै प्रतिक्षापछि गुगलले भारतीय मोबाइल निर्माता कम्पनीहरुसँग मिलेर तीन सस्ता एन्ड्रोयड स्मार्टफोन सार्वजनिक गरेको छ। यसको लागि गुगलले तीन मोबाइल निर्माता कम्पनीहरुसँग सम्झाैता गरेकोछ ।

एन्ड्रोयड सिष्टम ‘एन्ड्रोयड वन’का साथमा आएका तीन फोन हुन्–माइक्रोम्याक्सको क्यान्भास ए १, स्पाइसको ड्रीम उनो र कार्बनको स्पार्कल । हाइ स्पीड प्रोसेसिङ, दुई वटा सिम, एफएम रेडियो, एसडी मेमोरी कार्ड र पाँच मेगापिक्सेल क्यामेरासहित कयौफिचर्सयुक्त यी फोनको मूल्य ६ देखि ६ हजार ५ सय भारतीय रुपैयाँसम्म रहेकोछ ।android-one-features

तीन वटै स्मार्टफोन सोमबारदेखि सहयोगी इ–सपिङ वेभसाइटमा प्राप्त छन् । गुगलका एन्ड्रोयड प्रमुख सुन्दर पिचाईले भने–’भारतीय स्मार्टफोन बजारसामूतीन ठुला चुनौति छन् –हार्डवेयर, सफ्टवेयर र कनेक्टिभिटी । गुगल एन्ड्रोयड वन डिभाइसको सफ्टवेयरले अपग्रेड र सुरक्षाको ग्यारेन्टी लिन्छ ।’

तिब्र रुपमा बढिरहेको भारतीय स्मार्टफोन बजारलाई ध्यानमा राखेर गुगलले एन्ड्रोयड वन परियोजनाको सुरुवात भारतबाट गरेको हो । एन्ड्रोयड वन बंगलादेश, इन्डोनेसिया र फिलिपिन्समा पनि चाँडै नै उपलव्धहुने बताइएकोछ ।Android-One-Budget-Smartphones

सबै एन्ड्रोयड फोनको हार्डवेयर र सफ्टवेयर स्पेसिफिकेशन्स गुगलले तय गरेको हो भने भारतीय कम्पनीहरुले सोहि आधारमा मोबाइल फोन बनाएका हुन् ।

एन्ड्रोयड वन फोनको सिधा टक्कर यस्तै मूल्य र फिचर्स भएका मोटो इ र चिनियाँकम्पनी जीओमीको रेडमी एस १ सँग हुनेछ । त्यसैगरि एन्ड्रोयड वन सिष्टमसहितका स्मार्टफोन प्रयोगकर्ताहरुले गुगलका अन्य सेवाहरुपनि अधिक प्रयोग गर्ने हुँदागुगललाई सिधा ब्राण्डिङको फाइदा प्राप्त हुन सक्ने अनुमान गरीएकोछ ।

यसमागूगलको अपरेटिंग सिस्टम सपोर्टिव हुनेहुँदा निकै राम्रो गतिका साथ यूट्यूब वीडियोज़ हेर्न सकिनेछ । त्यस्तै इसको साथ गूगल म्याप, गूगल सर्च, गूगल ट्रांसलेट जस्ता सुविधाहरुको प्रयोग पनि राम्रो यूजर इंटरफेसका साथ गर्न सकिन्छ ।एजेन्सी

Global Bank
easy care

प्रकाशित: ३१ भाद्र २०७१, मंगलवार

ताजा समाचार