ह्वावेले माइक्रोम्याक्सको अफलाइन नेटवर्कमार्फत भारतमा आफ्ना डिभाइस बेच्ने

Technology Khabar ८ श्रावण २०७६, बुधबार

ह्वावेले माइक्रोम्याक्सको अफलाइन नेटवर्कमार्फत भारतमा आफ्ना डिभाइस बेच्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ डिभाइस मेकर कम्पनी ह्वावे र भारतीय मोबाइल मेकर माइक्रोम्याक्सबिच नयाँ सहकार्य भएको छ । भारतीय बजारका लागि ह्वावेले भारतीय पार्टनर माइक्रोम्याक्सको अफलाइन नेटवर्क प्रयोग गर्ने भएको छ । नयाँ सहकार्यबाट ह्वावेलाई सबैभन्दा ठूलो बजारहरुमध्ये एक भारतमा आफ्नो उत्पादनहरु बिस्तार गर्न सहयोग पुग्ने अनुमान गरिएको छ ।

पहिलो चरणमा भारतका मुख्य १० शहरहरु दिल्ली, मुम्बई, चेन्नई, बैंगलोर, अहमदाबाद, कोलकाता र जयपुरमा योजना लागू गरिने ह्वावेले जानकारी दिएको छ ।

भारतमा रहेको ह्वावे कन्जुमर बिजनेस ग्रुपका प्रमुख टोर्नाडो पानले जहाँ उपभोक्ताहरुछन त्यहाँ उपस्थित हुने लक्ष्य रहेको बताए ।

‘हामी भारतको शहरी र ग्रामीण क्षेत्रहरुमा अफलाइन डिस्ट्रीब्यूसन नेटवर्क बिस्तार गरेर पुग्नेछौं जहाँ उपभोक्ताको आवश्यकता पुरा गर्ने प्रयास गर्नेछौं,’ उनले भने ।

माइक्रोम्याक्सका स्ट्राजेजिक हेड सुनिल जुनले आविश्कारीक अफरहरुमार्फत उपभोक्ताहरुको आवश्यकताहरुलाई नजिकबाट समाधान गर्ने लक्ष्य लिईएको बताए ।

यो सहकार्यबाट ह्वावेले माइक्रोम्याक्सको ज्ञान र सिपको प्रयोग गर्दै अफलाइन बिक्री र बितरण प्रयोग गर्नेछ । यसमार्फत कम्पनीले भारतीय बजारमा सामसंग र शाओमीलाई चुनौती दिने प्रयास गर्नेछ । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ८ श्रावण २०७६, बुधबार

ताजा समाचार