Technology Khabar ५ जेष्ठ २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । पछिल्ला दिनहरुमा बजारमा आफ्नो उपस्थिती गुमाएको मोबाइल कम्पनी माइक्रोम्याक्सले नयाँ स्मार्टफोेन लन्च गरेको छ । भारतीय कम्पनीले भारतमा आई वान नामक स्मार्टफोन लन्च गरेको हो ।
माइक्रोम्याक्सको यो स्मार्टफोन भारतीय बजारमा एन्ट्री लेभलका अन्य स्मार्टफोनहरु रियलमी सि २ र साओमी रेडमी ६एसँग प्रतिस्पर्धा गर्नेछ ।
माइक्रोम्याक्सको आई वान स्मार्टफोनमा नोच डिस्प्ले डिजाइन रहेको छ भने यो स्मार्टफोनमा प्रोसेसरको लागि कम्पनीले यूनीसोकसँग सहकार्य गरेको छ । यो फोनमा यूनिसोक एससी ९८६३ अक्टा कोर प्रोसेसर राखिएको छ ।
कम्पनीले यो प्रोसेसरमार्फत ग्राहकहरुलाई सस्तो मूल्यमा उत्कृष्ट प्रविधि उपलब्ध हुने दाबी गरेको छ ।
फोनमा टप वाइड नोट डिस्प्ले छ भने प्लास्टिक बडि प्यानल हरेको छ । स्मार्टफोनमा ५।४५ इन्चको एचडी आइपीएस डिस्प्ले रहेको छ । स्मार्टफोनमा २ जीबी र्यामका साथमा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।
फोटोग्राफीका लागि यसमा ५ मेगापिक्सेलको रियर क्यामरा फ्ल्याश सपोर्टका साथमा आउँछ भने सेल्फीका लागि पनि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यो फोनमा रियर टाइम बोके, टाइम ल्याप्स र स्लो मोशनलगायतका फीचर छन् ।
माइक्रोम्याक्स आई वान स्मार्टफोनमा पावरका लागि २,२०० एमएएचको ब्याट्री प्याक रहेको छ भने यो एन्ड्रोयड ९ पाईमा आधारित रहेको छ ।
कम्पनीले भारतीय बजारमा मात्र हाल उपलब्ध गराएको यो फोनको मूल्य ४,९९९ भारु तोकेको छ । यो फोन ब्ल्याक र ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।
प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार