Technology Khabar २७ मंसिर २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । भारतीय स्मार्टफोन मेकर कम्पनी माइक्रोम्याक्सले आफ्नो पहिलो नोच डिस्प्ले भएको स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले हालै नयाँ फोन लन्चको मिडिया इन्भाइट पठाउँदै सो जानकारी दिएको हो ।
कम्पनीले पहिलो पटक नोच डिजाइनमा स्मार्टफोन ल्याउन लागेको हो ।
कम्पनीले आधिकारिक ट्विटर पेजबाट सो बारेमा ट्वीट पनि गरेको छ, जसमा ‘डज दि पावरफुल एक्साइट यू’ भनेर लेखिएको छ ।
यसअघि कम्पनीले अक्टोबरमा भारत ५ इन्फिनिटी एडिसन र भारत ४ स्मार्टफोन ल्याएको थियो ।
प्रकाशित: २७ मंसिर २०७५, बिहीबार