शक्तिशाली ब्याट्रीसहितको जियोनी ‘एमथ्री’ स्मार्टफोन नेपाली बजारमा

Technology Khabar १४ मंसिर २०७१, आईतवार

शक्तिशाली ब्याट्रीसहितको जियोनी ‘एमथ्री’ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, १४ मंसिर । चीनीयाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले एम सीरीजको मोबाइल फोन नेपाली बजारमा ल्याएको छ ।

लामो समयसम्म टिक्ने धेरै शक्तिशाली ब्याट्री भएको यो मोबाइल फोन अन्तराष्ट्रिय बजारहरुमा सार्वजनिक भएपछि यसको कार्यक्षमता र वितरणलाई थुप्रै उपभोक्ताहरुले मन पराउनुका साथै तारिफ पनि गरेको कम्पनीको दाबी छ । ५००० एमएएच क्षमताको ब्याट्री भएको यो मोबाइल फोनले ३३.७ घण्टासम्मको टकटाइम र ३२.८ दिनको स्ट्याण्डबाइ टाइम दिने बताईएको छ ।gionee-m3-marathon_650_110414022805

ओ.टि.जी. रिभर्स चार्ज, ओ.टि.जी. डाटा ट्रान्सफर, हटनट, ब्ल्याक स्क्रीन गेस्चरको नियन्त्रण जस्ता नयाँ विशेषताहरुले भरिपूर्ण एम थ्री अद्वितीय मोबाइल ह्याण्डसेट बनेको कम्पनीको दाबी छ ।

यो फोनमा १.३ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एचडी डिस्प्ले, डिटीएस साउण्ड, ८ मेगापिक्सेलको रियर क्यामरा र अगाडि २ मेगापिक्सेलको क्यामेरासाथै भि–जेस्चर र स्माइली जस्ता रोचक मोडपनि भएकोले ह्याण्डसेटमा नसमातिकन पनि स्न्यापसट लिन सकिने कम्पनीले जानकारी दिएको छ । यसमा गोरमेट मोडपनि उपलब्ध छ जसले गर्दा खानाको फोटोहरुलाई अझै स्वादिष्ट देखाउन सकिने बताईएको छ ।

एम थ्री निकै शक्तिशाली फोन हो जसले गर्दा उपभोक्ताहरुले यसलाई सरल र बलियो ढंगले प्रयोग गर्न सक्दछन् । धेरै लामो समय आफ्नो मोबाइल फोन मै बिताउने उपभोक्ताहरुका लागि यो फोन निकै लाभदायक भएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

डिसेम्बरदेखि जियोनीका सबै डिलरहरुमा नेपालभर यो मोबाइल फोन उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ । नेपालमा जियोनीका मोबाइल फोनहरु टेलिटक प्रालिले आयात तथा बिक्री गर्दै आएको छ ।

जियोनी बारे विस्तृतमा थाहा पाउन यो पनि हेर्नुहोस् –

https://technologykhabar.com/gionees-50-hour-talk-time-smartphone-m3/

easy care

प्रकाशित: १४ मंसिर २०७१, आईतवार

ताजा समाचार