जियोनीले ल्यायो ५० घण्टा ब्याट्री टिक्ने स्मार्टफोन

Technology Khabar १८ कार्तिक २०७१, मंगलवार

जियोनीले ल्यायो ५० घण्टा ब्याट्री टिक्ने स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १८ कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले सबैभन्दा पातलो स्मार्टफोन निर्माणपछि सबैभन्दा शक्तिशाली ब्याट्रीसहितको फोन सार्वजनिक गरेको छ । जियोनीले ‘म्याराथन एम थ्री’ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ जसको ब्याट्री क्षमता ५००० एमएएच रहेको छ ।

कम्पनीले यो फोन २ जीमा ५० घण्टा तथा ३ जीमा ३० घण्टासम्मको टक टाइम दिने दाबी गरेको छ । यसको स्ट्यान्डबाइ टाइम भने ३२ दिनसम्मको छ अर्थात ३२ दिनसम्म फोनलाई चार्ज नगरीकन प्रयोग गर्न सकिन्छ ।Gionee-F301

जियोनीको यो नयाँ स्मार्टफोन १.३ जीएचजेड क्वाड कोर प्रोसेसर (कोर्टेक्स ए७) मा युक्त रहेको छ भने यो एन्ड्रोयडको किटक्याट ४.४.२ भर्सनमा आधारित फोन हो । यो स्मार्टफोनको आईपीएस स्क्रीन १२८०X७२० पिक्सल रिजोल्यूशनको छ ।

यो फोनको र्याम १ जीबीको छ भने इन्टरनल स्टोरेज ८ जीबी राखिएको छ । यो फोनमा माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्मको एक्सटर्नल कार्ड प्रयोग गर्न सकिन्छ । यो फोनको रियर क्यामरा ८ मेगापिक्सलको अटोफोकस छ भने फ्रन्ट क्यामरा २ मेगापिक्सलको राखिएको छ । यसको रियर क्यामेराले फुच एचडी भिडियो पनि खिच्न सकिने बताईएको छ ।

यसमा २ जी, ३जी, वाईफाई, जीपीएस तथा ब्लूटूथलगायतका फीचरहरु छन भने तीन किसिमको सेंसर पनि राखिएको छ । त्यसैगरी यसमा फेस अनलक, स्मार्ट गेस्चर, गेम जोन, याहू क्रिकेटलगायतका फीचर पनि छन् ।

यो फोनमा ड्यूअल सिम प्रयोग गर्न सकिन्छ भने यसको स्क्रीन ५ इन्चको रहेको छ । कम्पनीले यो फोनको बजार मूल्य भारतमा १३९९९ भारतीय रुपैंयाँ तोकेकोछ । नेपालमा यो फोन कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

easy care

प्रकाशित: १८ कार्तिक २०७१, मंगलवार