आइफोन६ जस्तै लेनोभोको स्मार्टफोन ‘सिस्ले एस९०’

Technology Khabar २० कार्तिक २०७१, बिहीबार

आइफोन६ जस्तै लेनोभोको स्मार्टफोन ‘सिस्ले एस९०’

काठमाडौं ।

काठमाडौं, २० कात्तिक । ख्यातिप्राप्त र लोकप्रिय स्मार्टफोन ब्राण्ड मोटोरोलाको अधिग्रहण पछि लेनोभोले आफ्नो नयाँ स्मार्टफोन लन्च गरेको छ । लेनोभोले नयाँ स्मार्टफोन सिस्ले एस ९०(Sisley S90) सार्वजनिक गरेको हो । यो फोन एप्पलको आइफोन ६ जस्तै देखिने बताईएको छ । तर यो फोनमा अपरेटिङ सिष्टम भने एन्ड्रोयडको राखिएको छ ।Lenovo-S90-Sisley-image-7

यो फोन एप्पल जस्तै फोन रुचाउने एन्ड्रोयड प्रयोगकर्तालाई विकल्प हुनसक्दछ । यो फोन लेनोभोले चीनमा सार्वजनिक गरेको हो । यो फोनको बजार मूल्य १९९९ चीनियाँ यूआन अर्थात ३२७ अमेरिकी डलर तोकिएको छ ।

यो फोनलाई लेनोभोले आइफोनको जस्तै बनाएको छ भने यो फोनको वेसाइटलाई पनि आइफोन ६ को वेसाइटजस्तै गरी तयार पारिएको छ । त्यस्तै वेवसाइटमा फोनको तस्विर पनि आइफोन ६ को जस्तै हुवहू हुने किसिमको वालपेपरको प्रयोग गरिएको छ ।post-190-0-39289400-1413207952

लेनोभोको यो नयाँ फोनमा ५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ । यो फोनमा स्न्यापड्रागन ४१० चिपसेट तथा १.२ क्वाडकोर प्रोसेसरयुक्त छ । यो फोनमा १ जीबीको र्याम रहेको छ भने यो फोनले निकै राम्रो प्रोसेसिंग स्पीडको ग्यारेन्टी गरेको छ । ड्यूअल सिमसहितको यो फोनमा १६ जीबीको स्टोरेज मेमोरी पनि उपलब्ध रहेको छ ।

लेनोभोको सिस्ले एस९० मा १३ मेगापिक्सलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा ८ मेगापिक्सलको राखिएको छ । यसले सेल्फी मनपराउने हरुलाई आकर्षित गर्न सक्दछ ।

यो फोन बजारमा पिंक, ग्रे, गोल्ड र सिल्भर कलरमा उपलब्ध हुनेछ ।

लेनेभो Sisley S90 को विशेषताहरु
डिस्‍प्‍ले:  5.00 inch AMOLED HD
प्रोसेसर:  1.2 Ghz क्‍वाड कोर Cortex-A53
क्यामरा:  13 mp रियर, फ्ल्याश, 8 mp फ्रंट
एंड्रोयड:  4.4 किटक्याट
मेमोरी:  16 GB इनबिल्‍ट
र्याम:  1 GB
ब्याट्री:  2300 mAh

एजेन्सीहरुको सहयोगमा ।

easy care

प्रकाशित: २० कार्तिक २०७१, बिहीबार