लेनोभोले विण्डोज र एन्ड्रोयड सिस्टमलाई मर्ज गरेर नयाँ सिस्टम विकास गर्दै

Technology Khabar २१ कार्तिक २०७६, बिहीबार

लेनोभोले विण्डोज र एन्ड्रोयड सिस्टमलाई मर्ज गरेर नयाँ सिस्टम विकास गर्दै
NTC_Advt

काठमाडौं । लेनोभोले विण्डोज र एन्ड्रोयड सिस्टमलाई मर्ज गर्ने गरि नयाँ सिस्टम विकास गरिरहेको छ । कम्पनीले विण्डोज र एन्ड्रोयड सिस्टमलाई मर्ज गरेर लेनोभो वान बनाउन काम गरिरहेको हो ।

कम्पनीका एक अधिकारीकाअनुसार लेनोभो वानले स्मार्टफोन मैत्री एन्ड्रोयडलाई ल्यापटप मैत्री विण्डोजसँग मर्ज गराउने छ । तर सो काम कसरी हुन्छ भन्ने बारेमा भने ती अधिकारीले जानकारी दिएका छैनन् ।

कम्पनीका ती अधिकारीले चिनियाँ सोसियल साइट वेबोमा गरेको पोस्टमा पीसीज लार्ज स्क्रीन प्रोडक्टिभिटी, मिट, ५जी एरा स्मार्टफोन्स भन्ने उल्लेख गरेका छन जसलाई उनले लेनोभो वान भनिएको जानकारी दिएका छन् ।

जानकारीअनुसार लेनोभो वानले ब्लूटूथ क्विक लिंक्स सपोर्ट गर्ने र उच्च गतिमा फाइल ट्रान्सफर गर्नका लागि कम्प्यूटरले मोबाइल फोनलाई नियन्त्रण गर्नेछ । वेबो पोस्टअनुसार लेनोभो जेड ६ प्रो ५जी लेनोभो थिंकप्याड एक्स१ कार्बनमा जोडिएको देखिन्छ ।

कम्पनीका अधिकारीले लेनोभो वानको बारेमा केहि भनेपनि पनि यो बारेमा बिस्तृत जानकारीको लागि अझै कुर्नुपर्ने छ । एजेन्सी

प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार