लेनोभोले कोरोनाभाइरस विरुद्ध वुहानमा निर्माण हुने अस्पताललाई अवाश्यक आईटी उपकरण दिने

Technology Khabar १२ माघ २०७६, आईतवार

लेनोभोले कोरोनाभाइरस विरुद्ध वुहानमा निर्माण हुने अस्पताललाई अवाश्यक आईटी उपकरण दिने
Classic Tech

काठमाडौं । लेनोभोले चीनको वुहानमा निर्माण हुन लागेको अस्पतालको लागि सम्पूर्ण आवश्यक आईटी उपकरणहरु डोनेसनमा दिने भएको छ ।

टेक कम्पनी लेनोभाले हालै आफ्नो इमर्जेन्सी रेस्क्यू अपरेसनको घोषणा गर्दै उपकरणहरु दिने घोषणा गरेको हो । कम्पनीले कोरोनाभाइसरका विरुद्ध लड्ने सम्पूर्ण प्रयासहरुलाई सहयोग गर्ने उद्धेश्यले सो अस्पतालको निर्माणमा आवश्यक सहयोग गर्ने बताएको हो ।

चिनियाँ टेक कम्पनी लेनोभोको विश्वकै सबैभन्दा ठूलो र एडभान्स फ्याक्ट्रि बुहानमा रहेको छ जहाँबाट कम्पनीले आफ्ना सम्पूर्ण उत्पादनहरु निर्माण र निर्यात गर्दछ । लेनोभो हुबेई प्रान्तको लागि सबैभन्दा ठूलो आयात तथा निर्यात गर्ने कम्पनी समेत हो ।

वुहान त्यही शहर हो जहाँबाट कोरोनाभाइरस विश्वभर फैलिएको छ । हाल सो स्थानमा चीनले तिब्रगतिमा नयाँ अस्पताल निर्माण गरिरहेको छ जहाँ कोरोनाभाइरस प्रभावित मानिसहरुलाई उपचार गर्न सकियोस् । सोहि अस्पताल निर्माणका लागि आवश्यक सहयोग गर्ने लेनोभोले उल्लेख गरेको छ । एजेन्सी

प्रकाशित: १२ माघ २०७६, आईतवार

Comments are closed.

Loading...