स्मार्टफोन मेकर कम्पनी लेनोभोले चिनियाँ बजारमा अबदेखि ५जी स्मार्टफोन मात्रै बेच्ने

Technology Khabar २ मंसिर २०७६, सोमबार

स्मार्टफोन मेकर कम्पनी लेनोभोले चिनियाँ बजारमा अबदेखि ५जी स्मार्टफोन मात्रै बेच्ने

काठमाडौं ।

काठमाडौं । लेनोभोले चीन ५जी स्मार्टफोनहरु मात्र उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । स्मार्टफोन मेकर लेनोभोका चाइना बिजनेस डिपार्टमेन्ट जनरल म्यानेजर चेन जीनले हालै लेनोभोले छजी स्मार्टफोनहरु मात्रै अबदेखि लन्च गर्ने बताएका हुन् ।

उनले अल इन ५जी स्लोगनअन्तरगत ५जी स्मार्टफोन मात्र ल्याउने जानकारी दिए । कम्पनीले चीनमा ५जी स्मार्टफोनहरु मात्र लन्च गर्ने भएपनि चीनभन्दा बाहिरको बजारमा भने अझै ४जी सपोर्ट उपलब्ध हुने बताएको छ ।

कम्पनीले ५जी स्मार्टफोन मात्र लन्च गर्ने र ४जी स्मार्टफोन बिक्री रोक्ने भनेपनि कम्पनीले चीन भन्दा बाहिरको बजारमा भने ४जी स्मार्टफोन दिनेछ ।

चेनले आगामी वर्षको पहिलो अर्ध वार्षिकपछि कम्पनीसँग ४जी इन्भेन्टरी नहुने बताएका छन् । कम्पनीसँग ४जी इन्भेन्टरी धेरै नभएको हुँदा कम्पनीले आगामी दिनमा मूल्यमा आक्रमकतासहित स्टक क्लियरेन्स गर्नेछ । तर त्यसको स्थानमा कम्पनीले ५जी मोडलहरुले इन्भेन्टरी पूर्ति गर्ने उल्लेख गरेको छ ।

कम्पनीले भविश्यमा पूर्णरुपमा ५जी स्मार्टफोनहरुमा मात्र ध्यान केन्द्रित गर्ने बताएपनि चीन भन्दा बाहिरको बाजरमा ४जी उत्पादनहरु उपलब्ध गराउने छ ।

लेनोभोले आगामी वर्ष चीनमा अहिलेको जस्तै ४०० मिलियन यूनिटको बजार हुने भन्दै त्यसमध्ये १५० मिलियन ५जी ह्याण्डसेट हुने उल्लेख गरेको छ । त्यसैले आगामी वर्षपनि अझै २५० मिलियन ४जी स्मार्टफोनको माग हुनेछ ।

लेनोभोले हालै मात्र आफ्नो ५जी स्मार्टफोन लेनोभो जेड६ प्रो ५जी लन्च गरेको छ । कम्पनीले यसको मूल्य ३,२९९ यूआन तोकेको छ । यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८५५ प्लस एक्स५० ५जी मोडेम प्रयोग गरिएको छ ।

easy care

प्रकाशित: २ मंसिर २०७६, सोमबार