लेनोभोले आफ्ना ल्यापटपको लागी ‘अल्ट्रा क्वाइट मोड’ ल्याउँदै, फ्यानको आवाजलाई कम गर्ने

Technology Khabar २० माघ २०७६, सोमबार

लेनोभोले आफ्ना ल्यापटपको लागी ‘अल्ट्रा क्वाइट मोड’ ल्याउँदै, फ्यानको आवाजलाई कम गर्ने

काठमाडौं ।

काठमाडौं । विश्वकै ठुलो पिसी मेकर कम्पनी लेनोभोले आफ्ना ल्यापटपहरुका लागी नयाँ फीचर अल्ट्रा क्वाइट मोड ल्याउने तयारी गरेको छ ।

लेनोभोको यस फीचरलाई एक चाइनिज वेबसाइटले प्रकाशमा ल्याएको हो । जसका अनुसार यस फीचरको परीक्षण प्रयोग पनि चीनमै केहि मोडलहरुमा गरिसकिएको छ । यो विशेष फीचरलाई ल्यापटपको बीआईओएस सेटिंगबाट इनेबल गर्न सकिन्छ । यसलाई एकपटक स्विच अन गरेपछि यसले मोडमा जानेछ र यो क्वाइट मोडमा स्विच हुने छ जसबाट ल्यापटपमा दबाब कम हुने छ ।

आईटीहोमका अनुसार सिपीयूलाई कुलिङ्ग मोड चाहिएको बेला ल्यापटप सामान्य मोडमा फर्किनेछ । कम्पनीले प्रयोगकर्ताहरुले ल्यापटप चलाइरहेको बेला फ्यान घुम्दा निस्कने आवाजलाई हटाउन यस फीचरको डिजाइन गरेको देखिन्छ ।

कम्पनीलाई यसअघि फ्यान घुम्दा आउने आवाजबारे धेरै गुनासाहरु आएका थिए । र त्यसैको समाधानका लागी कम्पनीले यस फीचरलाई ल्याउन खोजेको देखिन्छ । तर हालसम्म लेनोभोले आफ्ना प्रयोगकर्ताहरुका लागी यस फीचरलाई कहिले सार्वजनिक गर्ने छ भन्ने खुलाएको छैन । र हामीले यस फीचरको प्रयोगबाट ल्यापटपको दैनिक प्रयोगमा कस्तो प्रभाव पर्ने छ भन्ने पनि हेर्न बाँकी नै छ ।

आईडीसीका अनुसार परम्परागत पिसी मार्केटले २०१९ को चौथो त्रैमाशिकमा ४.८ प्रतिशतले ग्रोथ गर्दै रेकर्ड कायम गरेको छ । यसको पहिलो त्रैमाशिकमा ७ करोड १८ लाख युनिट बिक्री भएको थियो, जुन गएको पाँच वर्षको सबैभन्दा धेरै मात्रा हो ।

सात वर्षको संकुचित बजार पश्चात पिसी मार्केटले २०१९ मा ग्रोथ पाएको हो । यसवर्ष लेनोभो ले गएको दुई वर्षको तुलनामा आफ्नो मार्केट शेयरमा वृद्धि गर्दै पिसी मेकरको टपमा आउन सफल भएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २० माघ २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार