कम्प्यूटर बिक्रीमा सन् २०१९को चौथो चौमासिकमा ४.८ प्रतिशतले वृद्धि, लेनोभो पहिलो स्थानमा

Technology Khabar २ माघ २०७६, बिहीबार

कम्प्यूटर बिक्रीमा सन् २०१९को चौथो चौमासिकमा ४.८ प्रतिशतले वृद्धि, लेनोभो पहिलो स्थानमा

काठमाडौं ।

काठमाडौं । परम्परागत कम्प्यूटरहरुको बजार वार्षिकरुपमा सन् २०१९ को चौथो क्वाटरमा ४.८ प्रतिशतले बढेको छ । डेस्कटप, नोटबुक र वर्कस्टेशनहरुको बजार वृद्धि हुँदै सो अवधिमा ७ करोड १८ लाख यूनिट बिक्री भएको छ ।

आईडिसीको रिपोर्टअनुसार यो सन् २०१५ को चौथो त्रैमासिकदेखिको विगत ४ वर्षमा सबैभन्दा ठूलो आपूर्ति वृद्धि हो । वार्षिकरुपमा हेर्ने हो भने सन् २०१९ मा २.७ प्रतिशतको वृद्धि भएको छ । यसअघि पर्सनल कम्प्यूटरको विश्व बजारमा सन् २०११ मा मात्र वार्षिक वृद्धिदर १.७ प्रतिशतको देखिएको थियो ।

लेनोभोले सो अवधिमा पहिलो स्थान हात पारेको छ जसलेसन् २०१९ मा २४.३ प्रतिशत बजार ओगटेको छ भने एचपीको बजार शेयर वृद्धि हुँदै २३.६ प्रतिशत पुगेको छ । त्यसैगरि अर्को कम्पनी डेलले विश्व बजारमा १७.५ प्रतिशतको कम्प्यूटर बजारको हिस्सा लिएको छ ।

easy care

प्रकाशित: २ माघ २०७६, बिहीबार