ब्लाकबेरीको अनौठो स्मार्टफोन पासपोर्ट सार्वजनिक

Technology Khabar १० आश्विन २०७१, शुक्रबार

ब्लाकबेरीको अनौठो स्मार्टफोन पासपोर्ट सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १० असोज । क्यानेडीयन स्मार्टफोन निर्माता कम्पनी ब्लाकबेरीले एक अनौठो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्क्वायर साइजको नयाँ स्मार्टफोन बुधबार टोरन्टो, लण्डन र दुबईमा एकसाथ सार्वजनिक गर्यो ।

यो फोन हेर्दा निकै आकर्षक रहेकोछ भने त्यसमा कयौं नयाँ फीचरहरु राखिएका छन् । यो ४.५ इंचको स्क्रीन भएको फोन हो जसको रिजोल्यूशन १४४०x१४४० पिक्सेल छ । यसको डिस्प्लेमा गोरिल्ला ग्लास ३ प्रोटेक्शन राखिएको छ ।A BlackBerry Passport smartphone

क्वाडकोर २.२ जीएचजेड क्वालकम स्न्यापड्रागन ८०० प्रोशेसरयुक्त फोनको र्याम ३ जीबीको छ । यो फोनको इन्टरनल स्टोर ३२ जीबीको छ भने यसमा माइक्रो एसडी कार्डमार्फत १२८ जीबी स्टोर गर्न सकिनेछ । यसमा १३ एमपीको अटोफोकस रियर क्यामेरा छ जसमा एलइडी फ्लास पनि रहेको बताईएको छ । यसको क्यामेराले फुल एचडी भीडियो तिब्र रफ्तारमा बनाउन सक्नेछ ।यसको फ्रन्ट क्यामेराले ७२० पी फ्रेम रिजोल्यूशनको भिडियो शूट गर्न सकिन्छ । यो ९.३ मिलीमीटर मोटाइको छ र यसको तौल १सय ९५ ग्रामको छ।BlackBerry-Passport1

यसमा ब्ल्याकबेरीको आफ्नै अपरेटिङ सिष्टम ब्ल्याकबेरी ओएस १० को प्रयोग गरिएको छ भने हटस्पष्ट र एलटीई समेत रहेको छ । यसलाई बनाउन यस्तो सामाग्रीको प्रयोग गरिएको जसले यो फोन हातबाट चिप्लिन नसक्ने बनाईएको छ ।

यसमा ३४५० एमएएचको निकै शक्तिशाली ब्याट्रिको प्रयोग गरिएको छ भने यसको कीप्याड विशेष किसिमको रहेको छ । यो फोनमा फिजिकल कि बोर्ड पनि राखिएको छ र टच स्क्रिनमा पनि किबोर्ड प्रयोग गर्न मिल्छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जोन चेन आएपछि ब्ल्याकबेरीले बजारमा पहिलो पटक यो फोन ल्याएको हो । यसको बजार मूल्य ५९९ अमेरिकी डलर तोकिएको छ ।

easy care

प्रकाशित: १० आश्विन २०७१, शुक्रबार