आइफोन छोडेर ब्ल्याकबेरीको पासपोर्ट किन्दा ४०० डलर पाइने !

Technology Khabar १२ मंसिर २०७१, शुक्रबार

आइफोन छोडेर ब्ल्याकबेरीको पासपोर्ट किन्दा ४०० डलर पाइने !
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । क्यानेडियन स्मार्टफोन निर्माता कम्पनी ब्ल्याकबेरीले आफ्नो नयाँ स्मार्टफोन पासपोर्टको बजार प्रबद्र्धन गर्न अमेरिकामा एप्पलको आइफोन प्रयोगकर्ताहरुलाई निकै अनौठो र आकर्षक अफर दिएको छ ।

ब्ल्याकबेरीले आइफोन प्रयोगकर्ताहरुलाई आइफोन प्रयोगको साटोमा आफ्नो नयाँ स्मार्टफोन ‘पासपोर्ट’  प्रयोग गरेमा ‘क्याशब्याक’ अफर गरेको छ । कम्पनीले गएको सोमबार यो अफरको घोषणा गरेको हो । ब्ल्याकबेरीको यो फ्ल्यागशिप पासपोर्ट १३ फरवरीदेखि क्यानाडा र अमेरिकी बजारमा उपलब्ध हुनेछ ।blackberry-passport-3_2040.0

जो खरिदकर्ताहरुले आइफोनको साटो ब्ल्याकबेरीको पासपोर्ट खरिद गर्दछ त्यसलाई ४०० अमेरिकी डलरसम्मको क्यासब्याक दिइनेछ । यो क्याशब्याक मनी आइफोनको मोडल तथा त्यसको यूजिङ स्ट्याटसलाई हेरेर मात्र निश्चित हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै खरिदकर्तालाई १५० डलरको शपिङ कूपन पनि दिईने बताईएको छ ।

ब्ल्याकबेरीले आफ्नो सशक्त प्रतिस्पर्धि एप्पललाई खुला चुनौती दिएको यो पहिलो पटक भएको बताइन्छ । ब्ल्याकबेरीले पासपोर्ट स्मार्टफोन यहि सेप्टेम्बरमा सार्वजनिक गरेको हो ।

यो फोनमा ४.५ इन्चको डिस्प्ले छ भने क्वाड कोर २.२ जीएचजेड क्वालकम स्न्यापड्रयागन ८०० प्रोसेसर राखिएको छ ।

ब्ल्याकबेरी पार्सपोर्टको बारेमा यो पनि हेर्नुहोस् –
https://technologykhabar.com/blackberrys-passport-smartphone-launched/

Sajilo Visa

प्रकाशित: १२ मंसिर २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया