१ लाख ४४ हजार पर्ने २४ क्यारेट सुन जडित ‘ब्ल्याकबेरी प्रिभ’ स्मार्टफोन

Technology Khabar १४ मंसिर २०७२, सोमबार

१ लाख ४४ हजार पर्ने २४ क्यारेट सुन जडित ‘ब्ल्याकबेरी प्रिभ’ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १४ मंसिर । ब्ल्याकबेरीको सबैभन्दा नयाँ स्मार्टफोन अब गोल्ड प्लेटेड स्मार्टफोनको रुपमा पनि खरिद गर्न सकिने भएको छ । भियतनाममा रहेको कारालक्स (Karalux) नामक कम्पनीले २४ क्यारेट सुनद्धारा कभर गरिएको ब्ल्याकबेरी प्रिभ (Blackberry Priv) गोल्ड प्लेटेड स्मार्टफोन सार्वजनिक गरेको छ ।MobilesKhabar_2

यसअघिका संस्करणहरुजस्तो सहज नभई यो ब्ल्याकबेरी प्रिभ डिसेम्बल्ड गर्न केहि कठिन रहेको थियो । कम्पनीले भनेको छ, ‘कारालक्सका इन्जिनियरहरुले करिब २ घण्टा यसको बिस्तृत बुझ्नका लागि उपयोग गरे भने थप ४ घण्टा यसलाई गोल्ड प्लेटेड बनाउनको लागि खर्चेका छन् ।’MobilesKhabar_1

यो स्मार्टफोनलाई सुनको लेपन गर्नका लागि १० वटा अलग प्रकृया पुरा गरिएको थियो ।

ब्ल्याकबेरी प्रिभको पछाडिको भाग पूर्णरुपमा सुनबाट पुननिर्माण गरिएको छ भने यसको क्यामराको कभर वरीपरी पनि सुन प्रयोग गरिएको छ । त्यसैगरी यसको अग्रभागमा सुनौलो घेरा पनि राखिएको छ ।

यो स्मार्टफोनलाई गोल्ड प्लेटेड बनाउन ८ मिलियन भियतनामी डलर अर्थात ३५५ अमेरिकी डलर लाग्ने छ भने फोन र गोल्ड प्लेट दुबै खरिद गर्नका लागि २५ मिलियन भियतनामी डलर अर्थात १, १११ अमेरिकी डलर चाहिनेछ ।Gold-Priv1

तर भियतनाम बाहिरका ग्राहकहरुले सुन जडित ब्ल्याकबेरी प्रिभ खरिद गर्नुपरेमा भने ३० मिलियन भियतनामी डलर अर्थात करिब १,३५० अमेरिकी डलर (१ लाख ४४ हजार ४ सय ५० रुपैंया ) भुक्तानी गर्नुपर्ने हुन्छ ।

२४ क्यारेट सुन जडित गरिएको ब्ल्याकबेरी प्रिभ स्मार्टफोन आगामी डिसेम्बर ५ तारिखदेखि मात्र खरिद गर्न सकिनेछ ।

भिडियो पनि हेर्नुहोस्-

Global Bank
easy care

प्रकाशित: १४ मंसिर २०७२, सोमबार

ताजा समाचार