स्मार्टफोन सुरक्षा गर्न सामसुंग र ब्लाकबेरीको सहकार्य

Technology Khabar २८ कार्तिक २०७१, शुक्रबार

स्मार्टफोन सुरक्षा गर्न सामसुंग र ब्लाकबेरीको सहकार्य
Classic Tech
Nepal Telecom

काठमाडौं, २८ कात्तिक । पछिल्ला दिनहरुमा स्मार्टफोनको सुरक्षा मुख्य चुनौतीको रुपमा देखिँदै आएको छ । स्मार्टफोनमा भएका विभिन्न तथ्यांकहरु चोरी हुनु वा ह्याक हुनबाट बचाउनु प्रयोगकर्ताको लागि पनि चुनौती भएको छ । यहि समस्याबाट पार पाउनको लागि र स्मार्टफोन प्रयोगकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउन सामसुंग र ब्लाकबेरीबिच साझेदारी भएको छ ।

मोबाइल सेक्यूरिटी सोल्यूशनको लागी परिचित क्यानेडियन मोबाइल फोन निर्माता कम्पनी ब्लाकबेरी र कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगले यो दिशामा ठूलो रणनीतिक साझेदारी गरेका छन् । यी दुई कम्पनीहरुको साझेदारीलाई मोबाइल सुरक्षाको क्षेत्रमा निकै ठूलो कदम मानिएको छ ।

हिजो सान फ्रान्सिस्कोमा भएको सम्झौताको आधारमा ब्लाकबेरीको इएमएम सोल्यूशन (BES12 cross-platform EMM solution) प्रविधि तथा सामसुंगको नोक्स (KNOX) प्रविधिलाई मर्ज गरेर ग्यालेक्सी सीरीजको स्मार्टफोन तथा ट्याबलेट लन्च गर्ने योजना गरिएको छ ।

यी दुई कम्पनीको साझा प्रयासद्धारा बनाईएको स्मार्टफोन सन् २०१५ को शुरुवातमा आउने अपेक्षा गरिएको छ । यसका साथै दुबै कम्पनीहरुले एक यस्तो सफ्टवेयर बनाउने प्रयास गर्नेछन जुन एन्ड्रोयड सुरक्षासँग जोडिएका कुनैपनि कमी कमजोरीलाई स्वतः पत्ता लगाउने छ ।

यो साझेदारीबाट दुबै कम्पनीलाई फाइदा हुने अनुमान छ । अहिले ब्लाकबेरीको विश्व बजार हिस्सा १ प्रतिशतमा खुम्चीएको तथा सामसुंगले आफ्नो स्मार्टफोनमा केहि नयाँ गर्ने प्रयास गरिरहेको बेलामा दुवै कम्पनीहरुबिचको साझेदारी प्रयोगकर्ताहरुलाई पनि उपयोगी हुने अनुमान छ । एजेन्सीको सहयोगमा ।

TK Viber

प्रकाशित: २८ कार्तिक २०७१, शुक्रबार

Comments are closed.

Loading...