ब्ल्याकबेरी र जगुआर ल्याण्डरोभरले स्वचालित गाडी बनाउने, आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निंगको प्रयोग

Technology Khabar १९ भाद्र २०७६, बिहीबार

ब्ल्याकबेरी र जगुआर ल्याण्डरोभरले स्वचालित गाडी बनाउने, आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निंगको प्रयोग

काठमाडौं ।

काठमाडौं । ब्ल्याकबेरी र जगुआर ल्याण्डरोभरले नयाँ अटोनोमस भेहिकल(स्वचालित गाडी) विकास गर्न सहमति गरेका छन् । यी दुबै कम्पनीहरुले आर्टिफिसियल इन्टेलिजेन्स(एआई) र मसिन लर्निंग टेक्नोलोजी प्रयोग गर्नेगरि अटोनोमस भेहिकल विकास गर्न लागेका हुन् ।

यी कम्पनीहरुले ब्ल्याकबेरीको क्यूएनएक्स अपरेटिंग सिस्टम र ब्ल्याकबेरी साइलेन्स प्रयोग गरेर भेहिकल सुरक्षाको लागि क्षमता विकासगर्नेछन जसमा जगुआर ल्याण्डरोभरको नयाँ पुस्ताको भेहिकल आर्किटेक्चरमा अनुमानगर्न सक्ने सफ्टवेयरको मर्मत र साइबर थ्रेट प्रोटेक्सन समेत समावेश रहेको छ ।

यस सहकार्यअन्तरगत कनेक्टेड र अटोनोमस भेहिकलहरुमा ब्ल्याकबेरीले जगुआर ल्याण्डरोभरलाई आउनसक्ने संभावित सेक्यूरिटी जोखिमहरुलाई पत्ता लगाउन सहयोग गर्नेछ ।

‘हाम्रो सम्पदा र सेक्योर कम्यूनिकेसन्समा भएको आविश्कारले गर्दा ब्ल्याकबेरी अटोनोमस उद्योगमा विश्वासिलो सहयात्री हो,’ ब्ल्याकबेरीका प्रमुख कार्यकारी अधिकृत जोन चेनले भने ।

सो घोषणासँगै साइलेन्सको एआई टेक्नोलोजी ब्ल्याकबेरीको सलुसनमा पहिलो पटक एकिकृत भएको छ । यसलाई गत वर्ष मात्रै सेक्यूरिटी कम्पनीको रुपमा १.४ बिलियन डलर खर्च गरेर ल्याईएको थियो ।

ब्ल्याकबेरीले साइलेन्सको क्षमतालाई ब्ल्याकबेरीको पोर्टफोलियोमा बिस्तार गर्नेछ, जसमा क्यूएनएक्स समेत पर्नेछ । कम्पनीको सेफ्टी सर्टिफिकेसनयुक्त अपरेटिंग सिस्टम अहिलेसम्म १२० मिलियन भन्दा बढि भेहिकलहरु र मेडिकल डिभाइसहरुमा प्रयोग भईसकेको छ ।एजेन्सी

easy care

प्रकाशित: १९ भाद्र २०७६, बिहीबार