ब्ल्याकबेरी फोनहरु अब हराउन सक्ने संभावना, टिसिएल कम्युनिकेशन्ससँगको सहकार्य सकिँदै

Technology Khabar २१ माघ २०७६, मंगलवार

ब्ल्याकबेरी फोनहरु अब हराउन सक्ने संभावना, टिसिएल कम्युनिकेशन्ससँगको सहकार्य सकिँदै
ब्ल्याकबेरी एन्ड्रोयड फोन
Global IME Bank

काठमाडौं ।

काठमाडौं । पछिल्लो समयमा टिसिएल कम्युनिकेशन्सले अधिकार लिएको स्मार्टफोन ब्राण्ड ब्ल्याकबेरीको बिक्री यो वर्षदेखि रोकिने भएको छ । हालै टिसिएलले यो वर्षदेखि ब्ल्याकबेरी रोकिने जानकारी ट्विटमार्फत दिएको हो ।

ब्ल्याकबेरीको ब्राण्ड लाइसेन्स र टेक्नोलोजी सपोर्ट टिसिएलसँग रहेको छ । सन् २०१६ मा टिसिएलले ब्ल्याकबेरी लिमिटेडसँग त्यसको लागि सम्झौता गरेको थियो ।

टिसिएलले सन् २०२० को अगस्ट २१ देखि ब्ल्याकबेरी ब्राण्डका फोनहरु बिक्री नगर्ने घोषणा गरेको हो र कम्पनीकाअनुसार सो अवधिपछि कम्पनीसँग ब्ल्याकबेरीको डिजाइन र उत्पादनको अधिकार हुनेछैन् । तर अन्य डिभाइसहरु भने निरन्तर सपोर्टमा रहनेछन् ।

ब्ल्याकबेरीले सन् २०१६ मा आफैंले स्मार्टफोन बनाउन रोक्ने निर्णय गरेको थियो भने लाइसेन्स दिने निर्णय गरेको थियो ।

टिसिएलले ब्ल्याकबेरी ब्राण्डका फोनहरुलाई परम्परागत डिजाइनमा आधुनिक एन्ड्रोयड फोनहरुको कार्य गर्नेगरि ल्याएको थियो । तर कुनैपनि डिभाइसहरु बजारमा उत्कृष्ट हुनसकेनन् ।

अब टिसिएलले ब्ल्याकबेरी नल्याउने भएसँगै ब्ल्याकबेरी ब्राण्ड हराउन सक्ने आशंका उत्पन्न भएको छ । ब्ल्याकबेरीसँग अन्य उत्पादक कम्पनीहरु पार्टनर भएपनि तिनिहरुसँग सिमित सम्बन्ध मात्र छ । जसअन्तरगत बीबी मेराह पुटिथले इण्डोनेशियामा सन् २०१७ मा एउटा मात्र डिभाइल लन्च गरेको थियो भने अर्को उत्पादक अप्टिमस इन्फ्राकमले केहि फोनहरु भारत, श्रीलंका, नेपाल र बंगलादेशका लागि बनाएको थियो । टिसिएलसँग भने सबै क्षेत्रहरुका लागि अधिकार थियो ।

पछिल्लो दिनमा टिसिएलले ब्ल्याकबेरीसहित अल्काटेल, पाम र आफ्नै टिसिएल ब्राण्डमा स्मार्टफोनहरु ल्याउँदै गरेको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २१ माघ २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार