स्मार्टफोन ब्राण्ड ब्ल्याकबेरीसँग ५जी फोन ल्याउने योजना छैन्

Technology Khabar १७ आश्विन २०७६, शुक्रबार

स्मार्टफोन ब्राण्ड ब्ल्याकबेरीसँग ५जी फोन ल्याउने योजना छैन्

काठमाडौं ।

काठमाडौं । विश्वभर ५जी डिभाइस लन्च गर्ने होडबाजी चलिरहेको बेलामा स्मार्टफोन मेकर ब्ल्याकबेरीले भने ५जी डिभाइस ल्याउने कुनै योजना नभएको बताएको छ ।

टिसिएलले किनेको स्मार्टफोन ब्राण्ड ब्ल्याकबेरीले पछिल्ला दिनहरुमा कुनै विशेष र नयाँ स्मार्टफोन मोडल ल्याउन सकेको छैन भने आगामी दिनमा ब्ल्याकबेरी डिभाइसहरु अफोर्डेबल मिडरेन्ज स्मार्टफोनको रुपमा नै रहनेछ ।

हालै आयोजित एक इभेन्टमा टिसिएलका मार्केटिंग जीएम स्टेफन स्ट्रेटले कम्पनीसँग ५जी ल्याकबेरी फोनहरु कुनैपनि बेला लन्च गर्ने कुनै योजना नै नभएको बताएका छन् ।

अर्कोतर्फ टिसिएलले अफोर्डेबल ५जी डिभाइसहरु आगामी वर्ष कम्पनीले आफ्नै ब्राण्ड फोनहरु तथा अल्काटेलको नयाँ लाइनअपमा लन्च गर्दैछ । तर यी फोनहरु ६०० अमेरिकी डलरभन्दा कम मूल्यमा आगामी वर्षको दोस्रो अर्ध वार्षिकमा लन्च हुने जानकारी मात्र अहिलेसम्म आएको छ ।

Global Bank
easy care

प्रकाशित: १७ आश्विन २०७६, शुक्रबार

ताजा समाचार