आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको सटीक आयामहरू लीक

Technology Khabar २८ जेष्ठ २०८१, सोमबार

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको सटीक आयामहरू लीक

काठमाडौं ।

केही दिन अघि आईफोन १६ प्रो म्याक्समा संसारको सबैभन्दा पातलो स्क्रिन बेजेलहरू रहेने र त्यसलाई आईफोन १६ प्रोले नजिकबाट पछ्याउने जानकारी बाहिरिएको थियो। हाल यी दुई फोनहरूको सटीक डायमेन्सन्स (आयामहरू) को विवरणको बारेमा नयाँ लीकहरू सार्वजनिक भएको छ।

आईफोन १६ प्रो को मापन १४९.६x७१.४५x८.२५ एमएम रहने र तौल १९४ ग्राम हुने जनाइएको छ। आईफोन १५ प्रोको मापन भने १४६.६x७०.६x८.२५ एमएम र तौल १८७ ग्राम रहेको छ। त्यसैले अब प्रो म्याक्स मात्र नभएर आईफोन १६ प्रो पनि आफ्नो पूर्ववर्ती भन्दा थोरै ठूलो हुनसक्ने उल्लेख छ।

त्यसैगरी, आईफोन १६ प्रो म्याक्सको मापन १६३.०२x७७.५८x८.२६ एमएम हुनेछ भने यसको पूर्ववर्तीको मापन १५९.९x७६.७x८.२५ एमएम रहेको छ। साथै आईफोन १६ प्रो म्याक्सको तौल २२५ ग्राम हुनेछ जुन आफ्नो पूर्ववर्तीको तुलनामा ४ ग्राम भारी हुनेछ।

यसबाहेक आईफोन १६ प्रोमा ६.३ इन्चको स्क्रिन हुनेछ, यसको पूर्ववर्तीमा ६.१ इन्चको स्क्रिन रहेको छ। साथै आईफोन १६ प्रो म्याक्समा ६.९ इन्चको स्क्रिन रहने छ भने हालको आईफोन १५ प्रो म्याक्समा ६.७ इन्चको स्क्रिन रहेको छ।

बेजेल्सको सन्दर्भमा, आईफोन १५ प्रोमा १.७१ एमएम बेजेल अल–राउन्ड रहेको र प्रो म्याक्समा १.५५एमएम बेजेल रहेको उल्लेख छ। अब सेप्टेम्बरमा आउने अर्को पुस्ताले ती संख्याहरूलाई प्रोको लागि १.२ एमएम र प्रो म्याक्सको लागि १.१५ एमएमका साथ प्रतिस्थापना गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: २८ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

एप्पल म्याप्स ‘बिटा’ अब वेबमा उपलब्ध

  • Technology Khabar
  • १२ श्रावण २०८१, शनिबार