एप्पल म्याप्स ‘बिटा’ अब वेबमा उपलब्ध

Technology Khabar १२ श्रावण २०८१, शनिबार

एप्पल म्याप्स ‘बिटा’ अब वेबमा उपलब्ध

काठमाडौं ।

ओईओएसमा लन्च गरिएको लगभग बाह्र वर्ष पछि एप्पल म्याप्स (नक्सा) अब बिटा फर्ममा वेबमा पनि उपलब्ध हुने भएको छ।

एप्पलले छोटो प्रेस विज्ञप्तिमार्फत् यसको विस्तारको घोषणा गरे अनुसार अब यसलाई ब्राउजरबाट beta.maps.apple.com मा गएर आफ्नो म्याक वा पीसीमा एप्पल म्याप्स (नक्सा) प्रयोग गर्न सकिनेछ।

त्यसैगरी यो हाल सफारी, क्रोमका साथै म्याक र विन्डोजमा एजमा समर्थित हुने थप उल्लेख गरिएको छ।

यसको एक्सपिरियन्स (अनुभव) आईओएसको जस्तै रहेको उल्लेख गरएिको छ। साथै एप्पल म्याप्समा प्रयोगकर्ताले ठेगानाहरू खोज्न, ड्राइभिङ र हिड्ने दिशाहरू साथै फोन नम्बरहरू, काम गर्ने घण्टा र भुक्तानी विकल्पहरू जस्ता व्यवसायहरूको जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ।

त्यसैगरी एप्पल म्याप्स (नक्सा) मा ‘स्ट्रिट भ्यू’ को विकल्प रहेको ‘लुक अराउण्ड’ का साथै मोबाइलमा उपलब्ध अन्य एप्पल म्याप्सका फिचरहरू आगामी महिनाहरूमा वेब संस्करणमा आउने थप जनाइएको छ।

यसबाहेक एप्पलले एप्पल म्याप्सलाई थप क्षेत्रहरू, थप ब्राउजरहरू र प्लेटफर्महरूमा ल्याउनको लागि काम पनि गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १२ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया