वानप्लसको प्याड ट्याब्लेट युरोपेली बजारमा आधिकारिकरूपमा उपलब्ध

Technology Khabar ८ जेष्ठ २०८०, सोमबार

वानप्लसको प्याड ट्याब्लेट युरोपेली बजारमा आधिकारिकरूपमा उपलब्ध

काठमाडौं ।

वानप्लसले युरोप र बेलायतमा लामो समयदेखि प्रतिक्षा गरिएको वान प्लस  प्याड आधिकारिक रूपमा उपलब्ध गराएको छ। फेब्रुअरीमा पहिलो पटक अनावरण गरिएको ट्याब्लेट अब खरीदको लागि उपलब्ध रहेको छ। लन्चिङ्गको साथ मिलाउन, वानप्लसले खरिदकर्ताहरूलाई अनौठो डिलहरू प्रदान गर्ने पनि बताइएको छ।

प्रारम्भिक घोषणाको बावजुद, ट्याब्लेटको वितरणमा ढिलाइ भएकोमा अब यो स्टोरहरूमा उपलब्ध रहेको बताइएको छ। ट्याब्लेट स्टाइलिश हेलो हरियो रंगमा आउने तथा ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको साथ एकल कन्फिगरेसनमा उपलब्ध भएको छ।

वनप्लस प्याडको मूल्य यूरोजोनमा ४९९ युरो र बेलायतमा ४४९ पाउन्ड स्टर्लिङ रहेको बताइएको छ। ट्याब्लेट युरोपमा चार्जरको साथ नआउने चर्चाका बिच वनप्लसले आफ्नो मन परिवर्तन गर्दै अब प्रत्येक प्याड खरिदको साथमा निशुल्क वनप्लस सुपर भिओओसी ६५ वाट चार्जर समावेश गर्ने भएकोछ।

वनप्लसले प्रयोगकर्ता अनुभव वृद्धि गर्न वनप्लस ट्याब्लेटको लागि सामानहरूको दायरा प्रदान गर्ने पनि बताइएको छ। वनप्लस स्टाइलो स्टाइलसको लागत ९९ युरो वा ९९ पाउन्ड, वनप्लस म्याग्नेटिक किबोर्डको लागत १४९ युरो वा १४९ पाउन्ड, र वनप्लस फोलियो केसको लागत ५९ युरो वा ५९ पाउन्ड तोकिएको छ ।

यस्तै ग्राहकहरूले ट्याब्लेटसँग खरिद गर्दा स्टाइलोमा ३० प्रतिशत बचत गर्न सक्ने तथा वनप्लस बड्स प्रो २ प्याडसँग खरिद गर्दा ३० प्रतिसत छुटमा खरिद गर्न सकिने बताइएको छ।

विद्यार्थीहरूले खुद्रा मूल्यमा ५ प्रतिसत छुट पाउने भएकाले वनप्लस प्याडलाई अझ सस्तो बनाउने बताइएको छ।

easy care

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

ताजा समाचार