वनप्लसको नयाँ कन्सेप्ट फोन चाँडै लन्च हुने, गायव हुनसक्ने ट्रिपल रियर क्यामरा डिजाइन

Technology Khabar १९ फाल्गुन २०७६, सोमबार

वनप्लसको नयाँ कन्सेप्ट फोन चाँडै लन्च हुने, गायव हुनसक्ने ट्रिपल रियर क्यामरा डिजाइन
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी वनप्लसले आफ्नो नयाँ कन्सेप्ट फोनलाई चाँडै लन्च गर्न सक्ने देखिएको छ । वनप्लसले आफ्नो अफिशियल ट्विटर ह्यान्डलमा एक भिडियोसँगै केहि फोटोहरु पनि शेयर गरेको छ । यद्पी यी तस्विरहरु कम्पनीको अपकमिंग फोन भएको भन्ने अफिशियल अनाउन्समेन्ट भने भएको छैन ।

वनप्लसले वर्षको शुरुवातमा भएको टेक इभेन्ट सिईएस २०२० मा आफ्नो पहिलो कन्सेप्ट वन फोन पेश गरेको थियो । हाल कम्पनी यस फोनलाई मार्च ३ मा नै लन्च गर्न सक्ने चर्चा चलिरहेको छ। फोनमा धेरै शानदार फिचरहरु हुन सक्ने छन ।

यस स्मार्टफोनमा कम्पनीले गायव हुन सक्ने ट्रिपल रियर क्यामरा राखेको छ । कम्पनीले यस फिचरलाई इनभिजिवल क्यामरा डिजाईन भनेको छ । फोनको डिजाइनको लागी कम्पनीले अटोमोबाइल कम्पनी म्याकलरेनसँग साझेदारी गरेको छ । यस बारेमा कम्पनीले म्याकलरेन ७२०एस स्पोर्टस कारको डिजाइनमा पनि यस्तै प्रविधिको प्रयोग भएको बताएको छ । म्याकलरेन ७२०एस स्पोर्टस कारका ग्लासले रुफ प्यानलको प्रकाशलाई आफ्नो हिसाबले एडजस्ट गर्न सक्दछ ।

वनप्लसले यस कन्सेप्ट वन स्मार्टफोनमा ग्लास र लेदर दुबैको प्रयोग गरेको छ र हेर्दा निकै प्रिमियम झैँ लाग्दछ । वनप्लसले यसको डिजाइनलाई केहि हदसम्म वनप्लस ७टि प्रो को जस्तो नै बनाएको छ ।

कम्पनीले फोनमा कलरशिफ्टिंग ग्लास टेक्नोलोजीको प्रयोग गरेको छ । यस टेक्नोलोजीलाई कार र हवाईजहाजहरुमा प्रयोग गर्ने गरिन्छ । यस टेक्नोलोजीले क्यामरालाई सोलिड ब्ल्याक मा चेन्ज गर्दछ, जसले क्यामरालाई लुकाउने छ । कम्पनीको अनुसार यस प्रकृयाको लागी फोनले जम्मा ०.७ सेकेन्ड समय लगाउने छ । यो समय क्यामरा एप खुल्ने समयभन्दा पनि कम समय हो । स्मरण रहोस यो फोन यस्तो टेक्नोलोजीको पहिलो पटक प्रयोग गरिएको विश्वको पहिलो फोन हुने छ ।

कम्पनीले यस फोनमा ५जी प्रविधि सर्पोट सहित लन्च गर्ने छ । यसको डिजाइन एकदमै अलग रहे पनि बाँकी सबै फिचरहरु वनप्लसको म्याकलरेनको जस्तै हुने छ । यद्पी कम्पनीले हालसम्म यसको अफिशियल लन्चिंग डेट खुलाएको छैन । एजेन्सी

Sajilo Visa

प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार

तपाइको प्रतिक्रिया