सामसङ ग्यालेक्सी ट्याब एस९प्लस र एस९ अल्ट्राको फास्ट चार्जिङको विवरण बाहिरियो

Technology Khabar १८ जेष्ठ २०८०, बिहीबार

सामसङ ग्यालेक्सी ट्याब एस९प्लस र एस९ अल्ट्राको फास्ट चार्जिङको विवरण बाहिरियो

काठमाडौं ।

सामसङले आफ्नो अर्को अनप्याक्ड (इभेन्ट) कार्यक्रममा नयाँ ट्याब्लेट फ्येमली प्रस्तुत गर्ने हल्ला लामो समयदेखि चलिरहेको छ। अनप्याक्ड इभेन्टमा ग्यालेक्सी जेड फोल्ड५ र फ्लिप ५ को साथमा ग्यालेक्सी वाच६ फ्येमली (परिवार) पनि प्रस्तुत गरिने उल्लेख छ। उक्त कार्यक्रम भने आगामी जुलाईको अन्त्यमा हुने सम्भावना रहेको बताइएको छ। साथै त्यस बिन्दुको नजिक पुग्दा डिभाइसहरूको बारेमा थप विवरणहरू बाहिरिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।।

ग्यालेक्सी ट्याब एस९प्लस, ग्यालेक्सी ट्याब एस९ अल्ट्रा र ‘भेनिला’ एस९ मोडल गरि एस९ परिवारमा तीनओटा ट्याब्लेटहरू रहने उल्लेख गरिएको छ। त्यसै गरी प्रत्येक ट्याब्लेटको तीनवटा संस्करण पनि हुने टीयूभीको नयाँ प्रमाणीकरणले बताएको उल्लेख छ। एस९ परिवारको उक्त तीनवटा ट्याब्लेटहरू मध्ये दुईओटा ग्यालेक्सी ट्याब एस९प्लस र ग्यालेक्सी ट्याब एस९ अल्ट्राको बारेमा यहाँ चर्चा गरिएको छ।

ग्यालेक्सी ट्याब एस९प्लस मोडल नम्बरहरू एसएम–एक्स८१६बी, एसएम–एक्स८१० र एसएम–एक्स८१६एन सँग आउने उल्लेख गरिएको छ। त्यसै गरी ग्यालेक्सी ट्याब एस९ अल्ट्रा भने एसएम–एक्स९१६बी, एसएम–एक्स९१० र एसएम–एक्स९१६एन मोडल नम्बरहरू प्राप्त गरेको बताइएको छ। ग्यालेक्सी ट्याब एस९प्लस र ग्यालेक्सी ट्याब एस९ अल्ट्रा दुबैको पहिलो ट्याब ५जी–क्यापेबल मोडल हुने र बीचको ग्लोबल वाई–फाई वन्लि मोडेल हुने छ भने अन्तिमको विशेष रूपमा दक्षिण कोरियाली बजारको लागि तय गरिएको बताइएको छ।

साथै सोही प्रमाणीकरणले एस९प्लस र एस९ अल्ट्रा दुबै १०भी(भोल्ट)/४.५ए – वा ४५वाटको फास्ट चार्जिङलाई समर्थन गर्ने चार्जरसँग ढुवानी हुन सक्ने खुलासा गरेको छ। सामसङको उक्त ट्याब्लेट्सले ४५ वाटको चार्जिङलाई समर्थन गर्ने सम्भावना धेरै भएको तर बक्समा भने कुनै चार्जिङ ब्रिक उपलब्ध नहुने उल्लेख छ। साथै गत वर्षको ग्यालेक्सी ट्याब एस८प्लस र ट्याब एस८ अल्ट्रा दुवैले ४५वाटको चार्जिङलाइ समर्थन गरेको हुनाले यसपटक पनि ४५वाटको चार्जिङ समावेश गरिनुमा कुनै आश्चार्य नहुने उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार