वनप्लस ७टि प्रोलाई मोबाइल वर्ल्ड कंग्रेशले दियो ‘बेस्ट स्मार्टफोन’को उपाधी, यस्ता छन् फिचरहरु

Technology Khabar १६ फाल्गुन २०७६, शुक्रबार

वनप्लस ७टि प्रोलाई मोबाइल वर्ल्ड कंग्रेशले दियो ‘बेस्ट स्मार्टफोन’को उपाधी, यस्ता छन् फिचरहरु
वनप्लस ७टी प्रो
Classic Tech

काठमाडौं । प्रिमियम स्मार्टफोन कम्पनी वनप्लसको वनप्लस ७टि प्रो लाई मोबाइल वर्ल्ड कंग्रेशको तर्फबाट बेस्ट स्मार्टफोनको अवार्ड प्राप्त भएको छ ।

हरेक वर्ष आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेशमा बेस्ट स्मार्टफोनको छनोट गर्ने गरिन्थो तर यसपटकको इभेन्ट कोरोनाभाईरसको कारणले स्थगित भईसकेको छ । यस इभेन्टलाई फरवरीको सुरुवातमै आयोजकले स्थगित गरेका थिए । यस इभेन्टमा कयौँ ठुला कम्पनीहरुले आफ्ना नयाँ प्रोडक्टहरु र डिभाइसहरु लन्च गर्ने गर्दथे ।

इभेन्ट स्थगित भएको कारण अनलाइनमा अवार्ड बिजेताको नाम घोषणा गरिएको हो । जसमा वनप्लस ७टि बेस्ट स्मार्टफोन चुनिएको हो । यसको जानकारी एमडब्लुसीले आफ्नो अफिशियल वेबसाइट मार्फत दिएको हो । अवार्ड प्रदान गर्ने जजहरुका अनुसार वनप्लसको यस फोनको फिचरहरु निकै राम्रो रहेको र फोनको स्पिड पनि शानदार रहेको ले यसलाई बेस्ट स्मार्टफोनको रुपमा चुनिएको हो ।

वनप्लस ७ टि प्रो मा ९० हर्जको ६.६७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । फोटोग्राफिको लागी फोनमा ट्रिपल रियर क्यामरा रहेको छ जसको प्राईमरी लेन्स ४८ मेगापिक्सलको, दोस्रो ८ मेगापिक्सलको र तेस्रो १६ मेगापिक्सलको रहेको छ । त्यस्तै फोनमा सेल्फिको लागी १६ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ।

पर्फमेन्सको लागी यसमा स्नापड्रयागन ८५५ प्लस चिपसेट रहेको छ । फोनमा ८जीबी र्याम र २५६जीबी स्टोरेजको सुबिधा रहेको छ । यस डिभाईसमा ४,०८५ को ब्याट्री रहेको छ जुन वार्प चार्ज ३० टी प्रविधिमा रहेको छ । फोनमा ब्लूटूथ ५.० प्रविधि उपलब्ध रहेको छ । एजेन्सी

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...