सोनीको फूल फ्रेम सेन्सर जेडभी–ई१ भ्लगिङ क्यामरा सार्वजनिक

Technology Khabar १७ चैत्र २०७९, शुक्रबार

सोनीको फूल फ्रेम सेन्सर जेडभी–ई१ भ्लगिङ क्यामरा सार्वजनिक

काठमाडौं ।

सोनीले जेडभी–ई१ नामक भ्लगिङ क्यामरा घोषणा गरेको छ। यो नयाँ मोडल कम्पनीको जेडभी लाइनको शीर्षमा रहेको र फूल–फ्रेम सेन्सर फिचर गरिएको पहिलो मोडल भएको बताइएको छ।

यस नयाँ जेडभी–ई१ भ्लगिङ क्यामरामा ए७एस थ्री र एफएक्स३ मा भएको जस्तै एकै किसिमको १२ मेगापिक्सेल फुल–फ्रेम सेन्सर रहेको बताइएको छ। साथै लो लाइट क्यापाबिलिटिज (उल्लेखनीय कम प्रकाश क्षमता) र १५ प्लस स्टप डायनामिक दायरा भएको उक्त सेन्सर एकदमै उच्च गुणस्तरको छ। साथै यसले लगभग समान तस्विर गुणस्तर सुनिश्चित गर्ने उक्त दुई अन्य क्यामराहरूबाट उही बीआईओएनजेड एक्सआर ईमेज प्रोसेसरसँग जोड्ने बताइएको छ।

जेडभी–ई१ले ए७एस थ्री र एफएक्स३को तुलनामा केही सहुलियतहरू दिएको बताइएको छ। जेडभी–ई१ हाल फोरके ६०एफपीएस मा ४ः२ः२ र १०–बिटको साथ अधिकतम रहेको र भविष्यको अद्यावधिकको भागको रूपमा फोरके १२०एफपीएसको प्रतिज्ञा गरेको छ। अन्य दुई क्यामराहरूमा रहेको व्यापक ताप व्यवस्थापन यस जेडभी–ई१मा नभएको बताइएको छ। यस जेडभी–ई१मा सिङ्गल एसडी कार्ड स्लट र मिनी प्रकारको एचडीएमआई पोर्ट रहेको बताइएको छ।

प्रारम्भिक र भ्लगिङ केन्द्रित क्यामरा भएको कारणले गर्दा जेडभी–ई१को केही फाइदाहरू रहेका छन्। यो क्यामरा सानो र हल्का हुनुका साथै यसको शटर वरिपरि डेडिकेटेड जुम रिङ्ग रहेको छ। साथै यस क्यामराको सजिलैसंग डेफ्थ अफ फिल्ड र फोकस समायोजन गर्न सकिने उल्लेख छ।

त्यसैगरी यसमा नयाँ सिनेमास्कोप एस्पेक्ट रेसियो पनि रहेको र त्यसले कुनै पनि सम्पादन बिना नै २१ः९ ईमेज बनाउनको लागि १६ः९ फ्रेमको वरिपरि कालो बारहरू राख्नसक्ने छ।

जेडभी–ई१मा सोनीको नवीनतम सफ्टवेयर फिचरहरू पनि समावेश गरिएको बताइएको छ। यसको एआई ह्युम्यान रेक्गनिसन (मानव पहिचान)ले मल्टि फेस रेक्गनिसन जस्ता फिचर्स इनएबल गरेर दुई व्यक्तिहरूलाई फोकसमा राख्नको लागि एपर्चर समायोजन गर्ने, क्यामराले विषयलाई फ्रेममा राख्न ईमेज क्रप गर्दा अटो फ्रेमिङ गर्ने, फ्रेमिङ स्टेबिलाइजर र बोल्ने विषयहरू पत्ता लगाउनको लागि अटो माइक्रोफोन डाइरेक्टिभिटी रहेको बताइएको छ।

ए७आर भीबाट सुधारिएको रियल–टाईम रेक्गनिसन एएफले मानिस, जनावर, चरा, कीरा, कार/रेल र हवाइजहाज जस्ता वस्तुहरू पत्ता लगाउन सक्ने छ। साथै ब्रिदिङ्ग कम्पेन्सेसनले भारी सास फेर्दा ‘फिल्ड अफ भ्यू’ कायम राख्दै लेन्सहरूमा फोकस गर्न मद्दत गर्ने उल्लेख गरिएको छ।

जेडभी–ई१ मा सोनीको नयाँ डायनामिक एक्टिभ मोड स्टेबिलाइजेसन पनि समावेश गरिएको छ। उक्त मोड फुटेजमा क्यामरा शेक कम गर्ने र स्ट्यान्डर्ड एक्टिभ मोड भन्दा ३० प्रतीशत बढी प्रभावकारी रहेको बताइएको छ।

जेडभी–ई१को क्यामरा बडीलाई २,१९९ अमेरिकी डलर मूल्य पर्ने र २८–६० एमएम एफ ४.५–५.६ जुम लेन्सको साथ २,४९९ अमेरिकी डलर मूल्य पर्नेछ।

easy care

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार

ताजा समाचार