Technology Khabar २३ पुष २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । सोनीको आउन लागेको र बहु प्रतिक्षित गेमिङ कन्सोल कम्पनीले यो वर्षको अन्त्यसम्ममा लन्च गर्ने भएको छ । सोनी बिगत कयौ दिन देखी अपकमिङ गेमिङ कन्सोल सार्वजनिक गर्ने तयारी गरीरहेको छ । सोनीको अपकमिङ गेमिङ कन्सोलको डेभलपर एडिसन कन्सोलको माध्यमबाट डिजाइन गरिएको जानकारी आएको छ । यसका साथै केहि रिर्पोटमा यसको विशेषताहरुपनि अगाडि आएको छ ।
सीइएस २०२० को बिच अपकमिङ गेमिङ कन्सोल प्लेस्टेसन ५ सार्वजनिक हुनसक्ने अनुमान छ तर कम्पनीले यसलाई अहिलेसम्म घोषणा गरेको छैन । यसैबिचमा सोनीले यसको लोगो भने लन्च गरेको छ ।
सोनीको अपकमिङ गेमिङ कन्सोल पीएस५ को लोगोमा केहि नयाँ भने छैन । नयाँ लोगो पछिल्लो गेमिङ कन्सोल पीएस४ लोगो जस्तै रहेको छ, जहाँ कम्पनीले पीएस४ लाई ५ ले रिप्लेस गरेको छ ।
यसका साथै सोनीले गेमिङ कन्सोल २०२० को होलिडे सिजनमा सार्वजनिक गर्नसक्नेछ । तरपनि पीएस५ को रिलिज डेट बारे भने कम्पनिले केहि सेयर गरेको छैन ।
सोनी प्लेस्टेसन ५ को जानकारी
सोनी इन्टरेक्टिव इन्टरटेन्मेन्टका प्रेसिडेन्ट तथा सिईओ जिम रेयानले अपकमिङ गेमिङ कन्सोल सोनी पीएस ५ लाई लिएर एउटा ब्लग पोस्ट गरेका छन् । आफ्नो पोस्टमा रेयान सोनीको नयाँ गेमिङ कन्सोल नयाँ कन्ट्रोलरको साथ सेभ गरीने बताउँछन । सोनीले नयाँ कन्ट्रोलर ह्याप्टिक फिडब्याकको साथ लन्च गर्नेछ । यसअघि कम्पनीले रम्बल फिडब्याकको साथ कन्सोल दिने गर्दथ्यो । यसको साथै गेम डेभलपर्स र अवस्थाको हिसाबले ह्याप्टिक फिडब्याकलाई कस्टमाइज गर्न पाईन्छ ।
यसको साथै कम्पनिले नयाँ गेमिङ कन्ट्रोलर्समा एडेप्टिभ ट्रिगर्स पनि दिनेछ । नयाँ ह्याप्टिक फिडब्याक गेमिङसँगै नयाँ लेभलको इमर्सन एक्सपेरिएन्स पनि दिनेछ । यसमा चार्जिगको लागी युएसबी टाइप पोर्ट सी दिइने छ । सोनीले गेम डेभलपर्सलाई आफ्नो गेमिङ कन्सोल पहिले नै पठाउने छ, ताकि उनिहरुले गेम अनुसार कन्सोल्सको ह्याप्टिक फिडब्याकमा कस्माइज गर्न सकुन । पीएस ५ मा एसएसडि स्टोरेज दिइने छ र यसमा एएमडि ¥याजेन प्रोसेसर र नाभि÷बेस्ट जीपीयु हुनेछ ।
पीएस ५ मा फिजिकल गेम्सको लागी १०० जीबी स्टोरेज दिईएको छ । यसको साथै सोनीले आउँदो प्लेस्टेसनमा युजर इन्टरपेसको व्यापक परिवर्तन पनि गरेको छ, जुन मल्टि प्लेअर र सिङ्गल प्लेअर सेक्सनमा रियल टाइम इन्फरमेशन शो पनि गर्दछ । एजेन्सी
प्रकाशित: २३ पुष २०७६, बुधबार