Technology Khabar १४ आश्विन २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । विभिन्न कम्पनीहरुले सार्वजनिक गरेको एआई भ्वाइस असिस्टेन्टले प्रविधिको प्रयोगमा निकै सहयोग पुर्याउँदै आएको छ । अहिले बजारमा गूगल असिस्टेनट, अमेजन एलेक्सा, एप्पल सिरिलगायतका विभिन्न प्रकारका भ्वाइस असिस्टेन्ट प्रयोगमा छन् ।
भ्वाइस असिस्टेन्टको सहयोगमा प्रयोगकर्ताहरुले आवाज र टेक्स्टको माध्यमबाट विभिन्न कार्यहरु गर्न सक्नेछन् । जसमा भित्रीरुपमा अल्गोरिदमले पनि सहयोग गरिरहेको हुन्छ ।
मानिसहरुले यसको सहजताले गर्दा भ्वाइस असिस्टेन्टको प्रयोगलाई पनि बढाईरहेका छन भने दैनिक स्मार्ट डिभाइसहरुमार्फत यो प्रयोग हुँदै आएको छ ।
यहि विषयलाई ध्यानमा राखेर अर्को टेक कम्पनी सोनीले पनि आफ्नै छुट्टै एआईमा आधारित भ्वाइस असिस्टेन्ट ल्याउने तयारी गरेको छ ।
जापानी टेक कम्पनी सोनीले हालै इन गेम एआई भ्वाइस असिस्टेन्ट प्ले स्टेशनका लागि पेटेन्ट दर्ता गराएको छ । यो हाल गेमिंगको लागि मात्र प्रयोगमा आउने छ । सो एआई असिस्टेन्टलाई प्लेस्टेशन असिस्ट नाम दिईने बताईएको छ ।
सो भ्वाइस असिस्टेन्टले भिडियो गेमरहरुलाई के गर्ने भन्ने असमन्जस्यतामा परेको बेला सहयोग प्रदान गर्नेछ ।
यो इन गेम असिस्ट्यान्स त्यतिबेला मात्र संभव हुनेछ जतिबेला गेम असिस्ट सर्भर अथवा थर्ड पार्टि एआई डिप लर्निंग इन्जिनमा काम गरिरहेको हुनेछ । यसमा गेम प्लेयरले भ्वाइस, टेक्स्ट वा भिडियो अथवा यी तीनवटै विषयहरु प्रयोग गरेर असिस्टेन्टलाई सोध्न सक्नेछन् ।
सो पेटेन्टकाअनुसार नयाँ असिस्टेन्टले गेमिंग एक्सपेरियन्सलाई सुधार गर्नेछ । सो पेटेन्टअनुसार सोनीको भ्वाइस असिस्टेन्टले केहि मोबाइल डिभाइसहरुसँग पनि प्रयोग गर्न सकिने छ । एजेन्सी
प्रकाशित: १४ आश्विन २०७६, मंगलवार