सोनीको दुई ५जी स्मार्टफोन एक्सपेरिया १ आईआई र एक्सपेरिया १० आईआई लन्च

Technology Khabar १४ फाल्गुन २०७६, बुधबार

सोनीको दुई ५जी स्मार्टफोन एक्सपेरिया १ आईआई र एक्सपेरिया १० आईआई लन्च

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी सोनीले अन्तर्राष्ट्रिय बजारमा एकसाथ दुई नयाँ स्मार्टफोन लन्च गरेको छ । कम्पनीले सोनी एक्सपेरिया १ आईआई र सोनी एक्सपेरिया १० आईआई नामका दुई स्मार्टफोनहरु लन्च गरेको हो ।

कम्पनीको एक्सपेरिया १ आईआई हाईएन्ड स्पेसिफिकेशन्समा रहेको एक फ्ल्यागशिप फोन हो भने एक्सपेरिया १० आईआईलाई कम्पनीले मिड रेन्ज बजेट सेग्मेन्टमा पेश गरेको छ । एमडब्लुसी २०२० क्यान्सिल भएको कारणले कम्पनीले यी नयाँ स्मार्टफोनहरुलाई अनलाईन इभेन्टको माध्यमाबाट लन्च गरेको हो । यी दुबै स्मार्टफोनमा ५जी टेक्नोलोजीको सर्पोट रहेको छ ।

सोनी एक्सपेरिया १ आईआई

सोनी को यस फोनलाई एक्सपेरिया वान मार्क टू भनिँदै छ । यस स्मार्टफोनमा २१:९ आस्पेक्ट रेशियो रहेको ६.५ इन्चको ४के एचडिआर ओएलईडि डिस्प्ले रहेको छ । जुन कोर्निग ग्लास ६ बाट सुरक्षित रहेको छ । कम्पनीले यस स्मार्टफोनमा ८जीबी ¥याम र २५६जीबी स्टोरेज राखेको छ । सोनी एक्सपेरिया १ आईआई एन्ड्रोएड १० मा लन्च भएको छ जुन क्वालकम स्न्यापड्रयागन ८६५ चिपसेटमा संचालन हुन्छ ।

कम्पनीको यस स्मार्टफोनमा ट्रिपल रियर क्यामराको सर्पोट रहेको छ । फोनको ब्याक प्यानलमा फ्ल्यास लाईट सँगै एफ/१.१७ अपर्चर रहेको १२ मेगापिक्सलको प्राइमरी क्यामरा सेन्सर रहेको छ जसमा डुअल पीडीएएफ र ओआईएस जस्ता फिचरहरु रहेको छ । साथै फोनमा एफ/२.२ अपर्चर भएको १२ मेगापिक्सलको सेकेन्डरी क्यामरा लेन्स र एफ/२.४ अपर्चर भएको १२ मेगापिक्सलको टेलीफोटो लेन्स रहेको छ । यसैगरी सेल्फिको लागी फोनमा एफ/२.० अपर्चर भएको ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

यस फोनको सेक्योरिटीको लागी फोनको साइड प्यानलमा फिंगरप्रिन्ट सेन्सर रहेको छ । फोनको पावर ब्याकअपको लागी ४,००० एमएएचको ब्याट्री रहेको छ जसमा २१ वाटको फास्ट चार्जिंग सर्पोट रहने छ । कम्पनीको यस फोनमा ३.५ एमएम ज्याक सँगै डल्बी एटमोस, आई रेस अडियो र डिएसइई अल्टिमेट जस्ता फिचरहरु रहेको छ ।

सोनी एक्सपेरिया १० आईआई

यस फोनलाई सोनी एक्सपेरिया टेन मार्क टू पनि भनिएको छ । फोनमा २१:९ एस्पेक्ट रेशियो भएको ६ इन्चको फुलएचडि प्लस ओएलईडी डिस्प्ले रहेको छ । जुन कोर्निंग गोरिल्ला ग्लासबाट प्रोटेक्टेड रहेको छ । कम्पनीले फोनलाई आईपि ६५/६८ रेटिंग दिएको छ जसले यसलाई धुलो र पानीबाट बचाउँदछ । यस फोनमा एन्ड्रोएड १० सँगै क्वालकम स्न्यापड्रयागन ६६५ चिपसेट रहेको छ ।

कम्पनीले फोनमा ४जीबी र्याम र १२८ जीबी स्टोरेज प्रदान गरेको छ । फोटोग्राफीको लागी फोनको ब्याक प्यानलमा रियर क्यामरा सेटअप रहेको छ । जसमा १२ मेगापिक्सेलको प्राइमरी लेन्ससँगै ८ मेगापिक्सेलको टेलीफोटो र ८ मेगापिक्सलको नै अल्ट्रा वाइड एंगल क्यामरा लेन्स रहेको छ । त्यस्तै फोनमा सेल्फिको लागी ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यस स्मार्टफोनमा पावर ब्याकअपको लागी ३,६०० एमएएचको ब्याट्री रहेको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार