५ वटा ब्याक क्यामरा हुनसक्ने सोनी एक्सपेरिया ५ प्लस (एक्सपेरिया १.१) स्मार्टफोनमा

Technology Khabar १९ माघ २०७६, आईतवार

५ वटा ब्याक क्यामरा हुनसक्ने सोनी एक्सपेरिया ५ प्लस (एक्सपेरिया १.१) स्मार्टफोनमा

काठमाडौं । सोनीले आउँदो महिना बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसमा आफ्नो नयाँ फोन लन्च गर्न एक इभेन्ट अर्गानाइज गर्न गईरहेको छ ।

खबरअनुसार यस इभेन्टमा कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया ५ प्लस सार्वजनिक गर्न सक्नेछ । यस स्मार्टफोनलाई एक्पेरिया १.१ नाम पनि दिईएको छ । हालको ताजा रिर्पोटअनुसार एक जापानी पब्लिकेशनले यस स्मार्टफोनमा डुअल फ्रन्ट स्टेरियो स्पीकर र पाँच ब्याक क्यामरा हुने दाबी गरेको छ । र यस पेन्टा रियर क्यामरा सेटअपको एउटा लेन्स पेरिस्कोप यूनिट हुने बताएको छ ।

एन्ड्रोएड नेक्सको रिर्पोटअनुसार सोनी एस्सपेरिया ५ प्लस वा एक्सपेरिया १.१ को क्यामरा सेटअपमा एउटा १२ मेगापिक्सलको प्राइमरी क्यामरा सेन्सर हुने छ । जसको सेन्सर साइज १/१.५ इन्च हुने छ । यस बाहेक यसमा १/१.७ इन्च सेन्सर साइज भएको ६४ मेगापिक्सल क्यामरा सेन्सर हुने छ । यसको तेस्रो क्यामरा सेन्सर १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्सको हुने छ । जसको सेन्सर साइज १/३.४ इन्चको हुने छ । चौथो क्यामरा २ मेगापिक्सलको टाइम अफ फ्लाइट लेन्स र पाँचौमा ओआइएससँगै आउँदो पेरिस्कोप लेन्स हुने छ ।

फोनको लीक भएको नयाँ रेन्डरमा यसको ब्याक क्यामरा स्पस्टरुपमा देखिएको छ । जसमा तीनओटा ठुलो क्यामरा सेन्सर र दुई ओटा साना क्यामरा सेन्सर रहेको छ । यस बाहेक सोनी एक्सपेरिया ५ प्लस फ्ल्यागसिपमा ६.६ इन्चंको ओएलईडी डिस्प्ले हुन सक्ने छ ।

खबरअनुसार यस फ्ल्यागसिपमा क्वालकमको लेटेस्ट स्न्यापड्रयागन ८६५ चिपसेट र ५जी कनेक्टिभिटीको सर्पोट रहने अनुमान छ भने कम्पनीले यसको अन्य विशेषताहरु हालसम्म सार्वजनिक गरेको छैन । एजेन्सी

प्रकाशित: १९ माघ २०७६, आईतवार

Comments are closed.

Loading...