सोनीले आफ्नो प्लेस्टेशनको यो सर्भिसलाई बन्द गर्ने, २०२० को जनवरीदेखि नआउने

Technology Khabar १४ कार्तिक २०७६, बिहीबार

सोनीले आफ्नो प्लेस्टेशनको यो सर्भिसलाई बन्द गर्ने, २०२० को जनवरीदेखि नआउने

काठमाडौं ।

काठमाडौं । जापानी कम्पनी सोनीले आफ्नो पे टिभी सेवा प्लेस्टेशन सर्भिसलाई बन्द गर्ने भएको छ । सोनी कर्पको सो सेवा क्लाउडमा आधारित टिभी सर्भिस ‘प्लेस्टेशन भ्यू’ लाई आगामी सन् २०२० को जनवरी महिनामा बन्द गर्ने भएको हो ।

पे टिभी ग्रुपहरुले पछिल्लो दिनमा दर्शकहरु अनलाइन भिडियो प्लेटफर्महरुमा आकर्षित भएसँगै समस्या भोगिरहेका छन्। अनलाइन प्लेटफर्महरुमा उपलब्ध सस्तो प्याकेज र शुल्कका कारण दर्शकहरु पे टिभी हेर्न छोडिरहेका छन् ।

‘दूर्भाग्यवश, पे टिभी उद्योगमा रहेको उच्च प्रतिस्पर्धाले गर्दा, महंगो कन्टेन्ट र नेटवर्क डिलहरु हामीले अपेक्षा गरेको भन्दा निकै सुस्त रहेका छन्,’ सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्टका डेपुटी प्रेसिडेन्ट जोन कोडेराले भने ।

सोनीको मनोरन्जनात्मक सेगमेन्टले पे टिभी बन्द गरेपछि आफ्नो मुख्य गेमिंग व्यवसायमा ध्यान केन्द्रित गर्ने उनले बताए ।

सोनीको प्लेस्टेशन भ्यूमा सन् २०१५ मा कन्टेन्ट लन्च भएको थियो, जसलाई प्लेस्टेशन स्टोरमार्फत पिएस ४ र सोनीको अन्य सहर्का भएका इन्टरटेनमेन्ट एप्समार्फत हेर्न सकिने सुविधा रहेको थियो ।

easy care

प्रकाशित: १४ कार्तिक २०७६, बिहीबार