एप्पल बन्यो २०२२ को उत्कृष्ट ब्राण्ड: गुगल, सामसङ र ह्वावेलगायत टप टेनमा

Technology Khabar १३ माघ २०७८, बिहीबार

एप्पल बन्यो २०२२ को उत्कृष्ट ब्राण्ड: गुगल, सामसङ र ह्वावेलगायत टप टेनमा

काठमाडौं ।

एप्पल सन् २०२२ को उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ।

हालै ब्राण्ड डाइरेक्टरी नामक संस्थाले सार्वजनिक गरेको रिपोर्ट अनुसार एप्पल यो वर्षका लागि विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको हो।

उक्त अनुसन्धान संस्थाले गणना गरे अनुसार एप्पल ब्राण्डको मूल्यांकन ३ खर्ब ३५ करोड १० लाख डलर रहेको छ।

तर यो मूल्याङ्कन ब्राण्ड डाइरेक्टरीको मात्र भएकाले यसले कम्पनीको समग्र बजारको उपस्थिति र प्रदर्शनलाई नजनाउने पनि रिपोर्टमा उल्लेख गरिएको छ।

उक्त संस्थाको आकलन अनुसार सबैभन्दा धेरै मूल्यांकनसहित एप्पल उत्कृष्ट स्थानमा रहँदा अमेजन दोस्रो, गुगल तेस्रो, माइक्रोसफ्ट चाैथो तथा वालमार्ट पाँचाैं स्थानमा रहन सफल भएका छन्।

यसबाहेक सामसङ ग्रुप छैटाैं, फेसबुक साताैं, इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना आठाैं, ह्वावे नवाैं तथा भेरिजोनले दशाैं स्थानमा आफूलाई उभ्याउन सफल भएका छन्।

एप्पलको मूल्याङ्कन गत वर्ष अर्थात् सन् २०२१ भन्दा ३५ प्रतिशतले बढेको र यो आँकडा ब्राण्ड डाइरेक्टरीले हालसम्म मूल्याङ्कन गरेकोमध्ये सबैभन्दा धेरै रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: १३ माघ २०७८, बिहीबार

ताजा समाचार