नेपालमा डाटा सेन्टर स्थापना गर्न बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता

Technology Khabar १६ बैशाख २०८१, आईतवार

नेपालमा डाटा सेन्टर स्थापना गर्न बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता

काठमाडौं ।

नेपालमा डाटा सेन्टर स्थापना गर्न लगानी सम्मेलनको पहिलो दिन सम्झौता भएको छ।

डाटा सेन्टर निर्माण तथा सञ्चालनका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको छ। बीएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले हस्ताक्षर गरेका हुन् ।

नेपालमा विश्वस्तको डाटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म निर्माणका लागि सम्झौता भएको हो।

तेस्रो लगानी सम्मेलन वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना भइरहेको छ।

easy care

प्रकाशित: १६ बैशाख २०८१, आईतवार

ताजा समाचार