नेपालमा मोबाइल ब्रोडब्यान्ड सेवा लिनेको सङ्ख्या चार वर्ष यता निरन्तर उकालो

Technology Khabar ८ कार्तिक २०७८, सोमबार

नेपालमा मोबाइल ब्रोडब्यान्ड सेवा लिनेको सङ्ख्या चार वर्ष यता निरन्तर उकालो

काठमाडौं ।

नेपालमा मोबाइल ब्रोडब्यान्डको अवस्था केही वर्षयता निरन्तर उकालो लागिरहेको पाइएको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार विगत ४ वर्ष अर्थात् आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म प्रत्येक वर्ष मोबाइल ब्रोडब्यान्ड सेवा लिनेको सङ्ख्या निरन्त् बढ्दै आइरहेको पाइएको हो।

यो आँकडा थ्रीजी र फोरजी दुवैका माध्यमबाट मोबाइल ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको हो।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालमा थ्रीजीमार्फत् मोबाइल ब्रोडब्यान्ड  इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ९६ लाख ८८ हजार ७७१ रहेकोमा अर्को वर्ष यो सङ्ख्या बढेर १ करोड ११ लाख ६० हजार ४३४ पुगेको देखिन्छ। यसैको निरन्तरतास्वरुप आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या बढेर १ करोड १४ लाख ४१ हजार १७ पुगेको छ। गत वर्ष अर्थात् आर्थिक वर्ष २०७७/७८ यो सङ्ख्या १ करोड २८ लाख ९४ हजार ३३५ पुगेको छ।

यस्तै फोरजीमार्फत् मोबाइल इन्टरनेट सेवा लिनेको सङ्ख्या आर्थिक वर्ष २०७४/७५ मा १७ लाख ७० हजार ४४० रहेको मा २०७५/७६ मा दोब्बरभन्दा बढी थपिएर ३९ लाख ४३ हजार ५२७ पुगेको देखिन्छ।

२०७६/७७ मा यो आँकडा ४७ लाख १० हजार ७७९ मा पुगेको र गत आर्थिक वर्ष अर्थात् २०७७/७८ मा आइपुग्दा त्यसको दोब्बरभन्दा बढी अर्थात् ९९ लाख ५४ हजार ११९ पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।

easy care

प्रकाशित: ८ कार्तिक २०७८, सोमबार

ताजा समाचार