ह्वावेको ‘कुनलुन ग्लास’सँग प्रतिस्पर्धा गर्न अनरले ‘जायन्ट राइनोसेरस ग्लास’ जारी गर्ने

Technology Khabar २४ बैशाख २०८०, आईतवार

ह्वावेको ‘कुनलुन ग्लास’सँग प्रतिस्पर्धा गर्न अनरले ‘जायन्ट राइनोसेरस ग्लास’ जारी गर्ने

काठमाडौं ।

ह्वावेको पुरानो उपब्राण्ड अनरले ‘जायन्ट राइनोसेरस ग्लास’ नामक
नयाँ कडा ग्लास प्यानल रिलिज गर्ने तयारीमा रहेको बताईएको छ। यसलाई स्ट्रेन्थ र ड्युराबिलिटीको सन्दर्भमा ह्वावेको ‘कुनलुन ग्लास‘ सँग प्रतिस्पर्धा गर्ने भएको छ।

डिजिटल च्याट स्टेसनका अनुसार, ह्वावेको कुनलुन ग्लास जस्तै स्मार्टफोनका लागि प्रिमियम ग्लास प्यानलको रुपमा ‘जायन्ट राइनोसेरस ग्लास’ प्यानल राखिने अपेक्षा गरिएको छ।

हाल जायन्ट राइनोसेरस ग्लास प्लानलको बारेमा भने त्यस्तो कुनै अतिरिक्त जानकारी उपलब्ध छैन। ह्वावेको कुनलुन ग्लास यसको स्ट्रेन्थ र ड्युराबिलिटीको लागि व्यापक रुपमा चर्चा गरिएको बताईएको छ। त्यस्तै ह्वावेले प्यानल उन्नत टेक्नोलाजी प्रयोग गरी सिर्जना गरीएको र यसमा २४ घण्टा १०८ प्रकृयाहरु र १६०० डिग्री तापमानको पग्लाइ समावेश रहेको पनि दावी गरेको छ।

उक्त प्रक्रियाले चट्टान जस्तै कडा हुने एउटा प्यानल निर्माण गर्ने र जसमा अरबौंका उच्च शक्तिका नानो क्रिस्टलहरु रहेकोले सम्भावित नकारात्मक प्रभावलाई प्रतिरोध गर्ने र क्र्याकिङलाई रोक्न सक्ने बताइएको छ।

यसको अतिरिक्त कुनलुन ग्लास प्यानलले उद्योगको पहिलो स्विस एसजिएस फाईभ स्टार एन्टी प्रमाणिकरण पनि प्राप्त गरेको र जसले मेट ५० श्रृंखलाको समग्र ड्रप प्रतिरोधलाई १० गुणाले बढाएको बताइएको छ। अनरको ‘जायन्ट राइनोसेरस ग्लास’ प्यानलले समान स्ट्रेन्थ र ड्युराबिलिटी सुविधाहरु प्रदान गर्ने तथा ह्वावेको कुनलुन ग्लास को कार्यसम्पादनलाई पनि पार गर्न सक्ने बताईएको छ।

अनरको फोल्डिङ स्क्रिन फोन म्याजिक भि २ मा ‘जायन्ट राइनोसेरस ग्लास’ प्यानलले डेब्यु गर्ने अपेक्षा गरिनुका साथसाथै यसले नयाँ प्यानल नविनतम प्रविधी सँग उपयुक्त हुने र स्मार्टफोन प्रयोगकर्ताको लागि सुधारिएको  अनुभव प्रदान गर्ने सम्भावना रहेको समेत बताईएको छ।

त्यस्तै अनर को ‘जायन्ट राइनोसेरस ग्लास’ प्यानलको सुरुवातले स्मार्टफोनको बजारमा विशेष गरी प्रिमियम फोन सेगमेन्टमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।

स्ट्रेन्थेन र ड्युराबिलिटीमा ध्यान केन्द्रित गर्दै नयाँ प्यानलले विशेष गरि प्रभाव र ड्रप प्रतिरोध विरुद्द लचिलोपनको सन्दर्भमा स्मार्टफोनको समग्र फोन अनुभवलाई महत्वपूर्ण अपग्रेड प्रदान गर्ने अपेक्षा गरिएको छ।

Global Bank
easy care

प्रकाशित: २४ बैशाख २०८०, आईतवार