Technology Khabar १३ जेष्ठ २०७९, शुक्रबार
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा मोबाइल फोनमा करको भार वृद्धि गरे मोबाइल व्यवसायी धरासायी हुने सरोकारवालाहरुले बताएका छन्।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुन नसकेको र आगामी बजेट मार्फत् कर थप भए मोबाइल व्यवसायी धरासायी हुने मोबाइल फोन इम्पोर्टर्स् एसोसिएशनका वरिष्ठ उपाध्यक्ष संजय अग्रवालले मोबाइल व्यवसायीका समसामयिक, आर्थिक, बैंकिङ, आयात, एमडीएमएस तथा अवैध गतिविधिसम्बन्धी अन्तरक्रिया कार्यक्रम बताएका हुन्।
सरकारले चालु आवको बजेटमार्फत् गत साउन १ गतेदेखि नै एमडीएमएस लागू गर्ने घोषणा गरेको थियो। तर आर्थिक वर्ष २०७९/८० को नयाँ बजेट आउन लाग्दा पनि एमडीएमएस लागू हुन नसक्दा मोबाइल व्यवसायीहरु पलायन हुन सक्ने खतरा रहेको उनले औंल्याए।
‘मोबाइल व्यवसायीको लगानी राज्यले संरक्षण गरेको छैन,’ अग्रवालले भने, राज्यका कारण ६ महिनादेखि मोबाइल व्यवसायीले समस्या भोग्नु परिरहेको छ।’
इन्टरनेटको माध्यमबाट हुने अपराध बढ्दै गएकाले यो प्रहरीको हातबाट बाहिरिने चिन्ता उत्पन्न भएको प्रहरी एआईजी उत्तमराज सुवेदीले बताए।
मोबाइल पसलको सुरक्षा कमजोर हुँदा चोरी बढ्ने गरेको नेपाल मोबाइल बितरक संघका अधिकारीहरु बताउँछन्।
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार