भिभो वाई७२टी सार्वजनिक, ३ कलरमा उपलब्ध

Technology Khabar ८ जेष्ठ २०७९, आईतवार

भिभो वाई७२टी सार्वजनिक, ३ कलरमा उपलब्ध

काठमाडौं ।

भिभोको मिड-रेञ्ज स्मार्टफोन भिभो वाई७२टी चीनमा सार्वजनिक भएको छ।

फाइभजी स्मार्टफोनमा ठूलो ब्याट्री, एफएचडीप्लस डिस्प्ले र ५० मेगापिक्सल मूख्य क्यामरालगायत छ।

फिचर

भिभो वाई७२टीमा ६.५८ इन्चको एलसीडी स्क्रिनसहित फुल एचडीप्लस रिसलुसन १०८० वाई २४०० पिक्सल २०ः९ एक्सपेक्ट रेसियो, ४०१ पीपीआई पिक्सेल डेनसिटी, ६०एचजेड रिफ्रेस रेज, ९० प्रतिशत स्क्रिन टु बल्डी रेसियो रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

यो स्मार्टफोनको लम्बाई चौडाई १६.८७ एमएम वाई ७५.३३ एमएम वाई ९.१७ एमएम र तौल २०० ग्राम रहेको छ।

भिभो वाई७२टीको डिस्प्ले नोचमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ। फोनको पछाडिको क्यामरा ५० मेगापिक्सेल र २ मेगापिक्सेलको म्याक्रो क्यामरा छ।

गिज्मोचाइनाका अनुसार यो डिभाइसका दुवै क्यामेराले फुल एचडी भिडियो रेकर्डिङ सपोर्ट गर्छ। यो डिभाइस एन्ड्रोइड ११ ओएस र ओजिनओएस १.०बाट सञ्चालित छ। फोनको साइटमा माउन्टेड फ्रिंगरप्रिन्ट स्क्यानर छ।

भिभो वाई७२टी डाइमेन्सिटी ७०० चिपसेटद्वारा सञ्चालित छ। फोनमा ८ जीबीको एलपीडीडीआ४एक्स र्याम र १२८ जीबी यूएफएस ३.१ स्टोरेज छ। शक्तिशाली ६००० एमएएच ब्याट्रीले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।

डुअल सिम स्लटका साथै ५ जी, वाईफाई ८०२.११एसी, ब्लूटुथ ५.१, जीपीएस, यूएसबी सी पोर्ट र ३.५ एमएम अडियो ज्याक रेको छ। वाई७२टी भिभोले सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरेको भिभो वाई५५एस ५जीको रिब्राण्डेड भर्सन हो।

मूल्य र उपलब्धता

भिभो वाई७२टी भोली (२३ मे)बाट बुकिङका लागि चीनमा खुल्ला हुनेछ। यो फोन २ भेरियन्टमा उपलब्ध छ।

८ जीबी र्याम र १२८ जीबी रोम तथा ८ जीबी र्याम र २५६ जीबी रोममा भिभो वाई७२टी किन्न सकिन्छ।

फोनको शुरुवाती मूल्य २०९ अमेरिकी डलर र २३९ अमेरिकी डलर तोकिएको छ। भिभो वाई७२टी डिप सी ब्ल्याक, ब्लू सी र पिंक ग्रेडियन्टमा उपलब्ध छ।

Sajilo Visa

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया