आईफोनमा २०२३ अगाडि पेरिस्कोप लेन्स नआउने

Technology Khabar २६ फाल्गुन २०७७, बुधबार

आईफोनमा २०२३ अगाडि पेरिस्कोप लेन्स नआउने

काठमाडौं ।

एप्पलले आईफोनमा २०२३ अगाडि पेरिस्कोप लेन्स प्रयोग नगर्ने भएको छ।

विश्लेषक मिङ ची कुओका अनुसार आगामी वर्ष आउने आईफोनहरुका डिजाइन पुरानै रहे पनि तिनमा रहेका टेलिफोटो लेन्स भने अपग्रेड भएर आउनेछन्।

यसबाहेक आईफोनका मुख्य क्यामरा लेन्स पनि अपग्रेड भएर आउनेछन्। यिनीहरु ७पी बाट ८पी डिजाइनमा जानेछन् भने अप्टिकल पर्फर्मेन्स पनि १० देखि २० प्रतिशतसम्म सुधार हुनेछ।

यस वर्ष भने आईफोनको अप्टिकल अपग्रेडमा अल्ट्रा वाइड एङ्गल लेन्समा सुधार ल्याउने रहेको छ। यसका लागि कम्पनीले ५पी बाट ६पी डिजाइनमा जाने तय गरेको छ। यो परिवर्तन कम से कम आईफोन १३ प्रो डुअलमा देख्न सकिने अपेक्षा गरिएको छ। यसमा प्रयोग हुने सुधारिएको लेन्समा अझ उज्यालो अपर्चर र अटोफोकस समावेश हुनेछन्।

easy care

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार